नीति तथा कार्यक्रम सरकारले नै बनाउने हो, राष्ट्रपतिज्युले पढिरहँदा लामो भयो र दिक्दार लागेर प्रधानमन्त्रीज्यु निस्कनुभयो भनेर तर्क गर्नु कुतर्क मात्रै हो।
हुनसक्छ यलम्बर किराँती राजा हुन्, जो पुरानो जाती आदिवासी भनिएका राईलिम्बूसँग सम्बन्धित छन् ।
तर त्यो भन्दा पहिले गोपालवंश र महिषपाल वंशको कुरो आउँछ, त्यसैले आदिबासी त उनीहरू हुन् भन्ने कुरो दस्तावेजीकरण गरिसकेको छ । बेकारमा राईलिम्बू चै पुरानो हौं भन्दै मक्ख परिराको छन्।
जनआन्दोलन २०४६ सालमा मल्लिक आयोग बनेको थियो । आयोगले राजनैतिक कारणले मानवीय क्षती भएको हुँदा तत्कालीन प्रधानमन्त्री, मन्त्रीलगायतलाई कार्वाहीको सिफारिस गरेको थियो । प्रहरीको गोलीबाट मृत्यु भए पनि प्रहरी साधन मात्रै भएकोले कार्वाही नगर्नु भन्ने निर्क्यौल भएको थियो ।
नाताको नमस्कार एउटा कुरा, बाँकी त पदलाई नमस्कार गर्ने हो न कि व्यक्तिलाई ।
तर हिजो मैले नमस्कार गर्थेँ, आज मलाई गर्ने भयो भनेर हिङ दिनु व्यक्तिको शोभनिय कुरो भएन।
‘मेरो देश खोज्दै जाँदा, देश मैले देखेँ
जनता नै देश रै’छ, देश मैले भेटेँ'
- बम देवान
४० को दशकमा कवि वम देवानले लेखेको गीतको एक पंक्ति । पंक्तिमा पोखिएका शब्दहरु कति कालजयी छन् ? यहाँहरुले आफैँ खुट्याउन सक्नुहुन्छ ।
पृथ्वीमा समतल भूमि त कति नै पो छ र ?
रमणीय पहाड र डाँडाकाँडाले भरिएको छ । एक चुलीमा पुगेपछि अर्को चुली पुग्न फेरि तल झर्नुपर्छ र क्रमशः उकालो चढ्नुपर्छ । लामो समय चुलीमा बस्न हुन्न र सकिन्न पनि ।
चुनाव सम्पन्न भयो । हार र जीतको लेखाजोखा बन्दबाकसले गर्दछ । तर जसको मुखबाट पनि चुनाव हुन्न भन्नेहरुको मुख चाही यसपटकको चुनावले बन्द गरेको छ । कामप्रति वफादार सरकारको ट्याग दिएर हामीले लेख्नुपर्छ, उदाहरण दिनुपर्छ, कालान्तरसम्म ।
म प्रशिक्षक भएँ एउटा प्रशिक्षण कार्यक्रममा । त्यहाँ दिग्दज व्यक्तिहरू पनि थिए ।
केही प्रश्नहरू मेरा लागि कल्पनाभन्दा परका आए, म अवाक बनेपछि मलाई सुझाव आयो -'सर ! तपाईं जान्नुहुन्न, तपाईं नजान्न पाउनुहुन्छ तर नजानी सिकाउन चै पाउनुहुन्न ।'
त्यसैले जानेपछी मात्रै जान्ने कुरा गरौं।
फेरि चितवनका सर्जक Lekharam Sapkota जीले तोरीबारीमा फोटो खिच्दै लेख्नुहुन्छ -तोरीबारीले वातावरणलाई न्यानो गराउछ । यो पनि मेरो लागि अर्को जानकारी भयो ।
यहाँ राखिएको तोरीबारीको तस्बिर चै बुढीगंगा १ मोरङको हो । तपाईं पनि बारीमा तोरी छरेर हात्तीबार लाउनुस् र जाडोमा न्यानोपन थप्नुस्।
तोरीमा माहुरी बस्ने र सुडले हरेक वस्तु पन्छाउने क्रममा सुडमा मौरीले टोकेमा हात्तीको मृत्युसम्म हुने भएकोले तोरीबारीमा हात्ती नपस्ने प्रदेश प्रमुखज्युलगायत मैले पहिलोपटक जानकारी पाएँ ।