सरकार असफल छ,असफलता लुकाउन हरेक हप्ता एक नयाँ फण्डा जनतामा उछाली दिन्छ अनि हामी भेंडा जनता त्यो फण्डालाई भकुण्डो ठानेर त्यै भकुण्डोसँग रमाउँछौ । हरेक हप्ता एक नयाँ भकुण्डो ।
ओली, लेखक, दुर्गा प्रसाईं, चोलेन्द्र, किशोर, इनम, दानबहादुर, भकुण्डो कति कति ।
अबको नयाँ भकुण्डो गगन...
विश्वमा दुई छिमेकी देश बीचको विवाद कहिले पनि सकिँदैन न त दुई देशको जनता एक अर्कासँग पूर्ण सन्तुष्ट रहन्छन ।
समय अनुसार चाकरीको रुप पनि फरक हुने गर्छन । विदेशीको चाकरी गर्न देशै बेच्नु आवश्यक छैन, विदेशमा जाँदा आफ्नो बुद्धि विवेक बिर्सेर कुरा गर्नु पनि चाकरीको एउटा रुप हो ।
मान्छेका दुख पनि अनेक छन ।
आफ्नो देश जलाएर खरानी बनाएर सत्तामा पुग्नेहरूको कामलाई अनेक तरहले जायज ठहर्याउने नवझोलेहरू उता फ्रान्स र यूरोपमा भएको विद्रोहलाई भने टुप्पी कसेर विरोध गर्दैछन ।
बाप मर गइल अनरिया मे बेटा के नाम पावर हाउस ।
तेली के तेल जरे मसाल्ची के गाँव फाटे ।
चिरइ के जान जाए लैका के खेलौना ।
हडबडी के बियाह कनपटी मे सेनुर ।
भोजपुरी मुहावरा के कौनो सानी नैखे ।
झर्ला र खाउँला भनेर आश गर्ने बानी भैसक्यो हाम्रो ।
चुनावको बेला झारेर ख्वाउने वाचा गरेकोथ्यो अहिले सरकारमा हुनेहरूले ।
देशबाट भागेको सहकारीको महाठग फेरि देश फर्किन मिडिया ट्र्यायल गर्दैछ ।
बूढो सिँहले सुनको बाला देखाएर बटुवाको शिकार गर्ने कथा बिर्सनुभो कि क्या हो ?
अडियो AI नभएको अब स्पष्ट भैसक्यो । अन्धभक्तहरू अब प्लान B मा लागेका छन, अडियो पुरानो हो, नेपाली कांग्रेस हुँदा बेलाको हो आदि ।
अडियो पुरानै भएपनि त्यतिबेला के भएको थियो ? केही कारबाही भयो कि भएन ? अथवा किन मिलापत्र गराइयो त्यो पनि अब अनुसन्धान हुनुपर्छ ।
जाँडको सुरमा भट्टी पसलको टेबुलमा तबला बजाउन त सजिलो हुन्छ तर साँच्चिक्कै तबला अघिल्तिर राख्दा सारा जाँडको नशा छुमन्तर हुन्छ ।
सत्ता पनि त्यस्तै हो, नपाउनेले केरा पायो बोक्रा समेत खायो ।
मालिकहरूले सक्कल अडियो र अरु प्रमाण लगे रे ।
मालिकहरूको अनुसन्धानबाट दोषी प्रमाणित भयो भने मालिकहरूले त्यो प्रमाण सरकारलाई पनि दिन्छन नै होला ।
शुभ विजया दशमी ।
त्यसलाई खुलामञ्च प्रयोग गर्न दिने कि नदिने ?
एउटा खास शुल्क लिइसके पछि मर्मत सम्भार त शुल्क लिनेले नै गर्ने नियम बनाउनु पर्छ ।
खुलामञ्चलाई धेरै सुम्सुम्याउनु पर्दैन, खुलामञ्चले हामी भन्दा धेरै ईतिहास देखेको छ ।
नेपाली कांग्रेसले खुलामञ्चमा दुबो लगाउने रे ।
दुबो लगाएको दुई दिन पछि अर्को पार्टीले सभा गरे, फेरि त्यसले पनि दुबो लगाउला । अनि फेरि दुई दिन पछि कसैले सभा गरे फेरि दुबो लगाउला ।
फेरि फेरि सभा फेरि फेरि दुबो ।
यो क्रम कहिलेसम्म चल्ला ?
दुबो लगाउन सामर्थ्य नहुने पार्टी पनि त होला ?
राजदुतमा सिफारिश व्यक्ति अयोग्य देखियो, सिफारिश अमान्य भयो, समितिले राम्रो काम गर्यो ।
तर सिफारिश कसले गर्यो ? सिफारिश गर्नुमा नै क्यै कैफियत छ कि ? सिफारिश हुनेले सिफारिश गर्नेलाई झुक्याएको हो कि ? आइन्दा सिफारिश गर्दा नै ध्यान पुर्याउनु पर्ने निर्देशन दिइयो कि दिइएन ?
अब दशैं तिहारसम्म यो अडियो प्रकरणले नै तान्ला जस्तो लाग्यो । धेरै टेन्सन नलिनुस चाडबाड मजाले मनाउनुस ।
नेतागिरी मात्र यस्तो पेशा हो, जसले धेरै गाली खान्छ त्यो नै धेरै पोपुलर हुन्छ ।
महिला आयोग, महिला सञ्जालहरू, विभिन्न दलका महिला संगठनहरू किन बोल्दैनन एक सांसदले एक महिलालाई त्यसरी टर्चर गरेको अडियोको बारेमा ?
कुनै महिला मन्त्री, महिला सांसदले गएर ती पीडित महिलालाई भेटेको छ ? सबै दशैं मनाउन व्यस्त होलान ।
अडियो फेक नै होला तर फेक प्रमाणित त हुनुपर्यो नि ।