Want to work with us? Here is the opportunity!
@BiratNepal seeks qualified and interested candidates for 👇
🎯Position: District Project Coordinators (3)
🎯Working stations: Rupandehi, Palpa and Dailekh
🎯Deadline for application: 7th July 2026
Please apply as directed!
@Lokaantar Please review your mobile App. When scrolling the news/reports in your app, the title of the news occupies more than 60% of screen space and remains static, leaving very little room for scrolling and reading detail news. Bcoz of this, I often abort further reading.
कम्तीमा ट्राफिक प्रहरीहरूलाई ट्रमाका घाइतेहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने आधारभूत तालिम दिनु अत्यन्तै जरुरी देखियो। जथाभावी जोडबल लगाएर सार्दा स्थिर स्पाइनल फ्र्याक्चर पनि अस्थिर हुन सक्छ, जसले स्पाइनल शक, प्यारालाइसिस,वा ज्यानै जाने अवस्था पनि निम्त्याउन सक्छ।@valleytraffic
@BhismaK62 India मा जुन स्तरको Lab छ, हामिकाँहा पनि त्यहि स्तरको बा अझ बढी स्तरको lab खोल्नु पर्छ र नेपाली चियाको गुणस्तर यतै जाच्ने ब्यबस्थ हुनु पर्छ।यस्को लागि अन्तर्राष्ट्रिय lab संग quality assurance को संझ्यौता पनि हुनु पर्छ।
मेरा आफ्नै सूत्रहरू
१.आफूमाथि विश्वास गर। आत्मविश्वास राख
२. आफूलाई सक्दो सुखी राख्ने प्रयास गर।
३. परिवार र समाजलाई समय देउ
४. कपट र बेइमानी नगर। कपटले एक दिन शक्ति र सम्पत्ति आर्जन होला, दिगो हुँदैन।
५. तीन चिजप्रति ईमानदार बन:- १. आफूले अंगालेको काम, पेशा र सेवाप्रति २. आफ्ना मातापिता, समाज र देशप्रति ३. सबैभन्दा मुख्य कुरा आफैप्रति
६. अरुप्रति घृणा त्याग। त्यही घृणा तिमीभित्रको चरम हिंशाको कारक हो।
७. सकेसम्म सरल/सामान्य जीवन बाँच।
८ कर्ममा विश्वास गर/ईश्वरमा विश्वास गर। मेरो कर्मको कहीँ न कहीँ त हिसाब हुँदैछ भन्ने विश्वास गर।
८. विश्वास गर, विश्वास नतोड्
९. प्रतिष्पर्धी अरूलाई होइन, आफैलाई देख। आफूले आफैलाई जित्ने प्रयास गर।
१०. हरेक मानिसमा एक विशिष्ट खुबी हुन्छ। आफूभित्रको खुबी चिन। त्यसमै रमाउ। संसारले के भन्छ भन्नेतिर होइन। आफू केमा रमाउँछु भन्नेमा बढी ध्यान देउ।
११. आफूलाई चिन, हिनता छोड। हर दिन रमाउ । बिन्दास बाँच।
कुरा यस्तो रहेछ !
मास्टर सेफ सन्तोष साह @chefsantoshshah पाककलाका व्यवसायिक विख्यात मास्टर ( ज्ञाता ) त हुन नै , त्यस भन्दा बढी उनी देशप्रेमी र समाजसेवी हुन ।
विश्वका सबै शक्तिशाली संचारमाध्यमका लागि विशेष विषय ( पात्र ) बनिसकेका सन्तोषको सरल र यायावरी जीवनशैली अद्भुत लाग्छ ।
देशी - विदेशी राजनीतिक एवम् कुटनीतिक व्यक्तिसँग पनि गहिरो सम्बन्ध राख्ने क्षमता सन्तोषसँग रहेछ । यी कुरा भइकन पनि उनी भुइँमान्छेकै रूपमा आफुलाई जोगाइराखे । कहिल्यै पद प्रतिष्ठा र सम्बन्धलाई कतै देखाएनन्।
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो'बीबीसी मास्टर सेफ प्रोफेसनल्सका विजेता उनले नेपालमा आएर मिथिला थाली होटल रेस्टुरेन्ट संचालन गर्नै पर्दैन थियो । विश्व चर्चित होटलहरूले उनलाई रेडकार्पेट ओछ्याएर बोलाइरहेका थिए ।आज पनि बोलाएकै छ्न ।
नेपालमा भन्दा उनको विदेशमा सयौँ गुणा कमाई छ । तर उनी भित्रको देशप्रेमले नेपाल ल्यायो ।
अत्यन्तै विपन्न परिवारमा जन्मिएका उनले जुत्ताचप्पल लगाउन १५ वर्षको उमेर काट्नु परेको थियो । उनै आज एसियाको ( अहिलेसम्म ) पहिलो र एक मात्रै मास्टर सेफ बन्न सफल भए र एक दिनमा लाखौं आम्दानी गर्न सक्ने हैसियत बनाए । यो त सन्तोषको वैयक्तिक कुरा भयो । उनले 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स'मा प्रस्तुत गरेको मैथली र नेवारी खानाले एक पटक नेपाललाई विश्वसामु चर्चामा ल्यायो । र यी दुई भिन्न समुदाय र क्षेत्रका परिकारले विश्वबजारमा पहुँच राख्ने अवसर पाएँ ।
अब कुरा गरौ सन्तोषको आर्थिक लेनदनको ।हरेक लेनदेनमा सन्तोष अत्यन्तै कानूनी र सफा हुन चाहन्छन। तर उनको मनमौजी र विश्वास गर्ने स्वभावले यस पटक घात गर्यो ।
गैरीधारा स्थित उनको मिथिला थाली रहेको जग्गाको भाडा समय अवधिमा किचलो छ । जग्गाधनीले सम्झौताको विपरित जग्गा खाली गराउन खोजे । उक्त जग्गामा करोडौ लगानी गरेका सन्तोषले जग्गा छोड्ने तयारी पनि गरेका थिए ।
उक्त जग्गा उनले २ वर्ष अगाडि ७ वर्षको लागि भाडामा लिएका थिए । करोडौ लगानी गरिसके पछि जग्गाधनीले ३ वर्ष समयअवधि छँदै सम्झौता रद्ध गर्न खोज्नु कुनै न्यायसंगत कुरा त थिएन । तर सन्तोष लफडामा पर्न चाहन्नथे ।
सन्तोष विश्वास गरेका पात्रको चंगुलमा परे । उनले यो घटनालाई लम्बाउन चाहन्नथे । नचाहदा नचाहदै घटनाले यो रूप लियो । सन्तोषको कुनै अर्थले दोष देखिन्न ।जग्गाधनीको बेइमानीको कोपभाजनमा उनी परे । र चर्चित एवम् लोकप्रिय हुनुका नाताले सञ्चार र समाजका आँखामा परे ।
उनीसंग २५ लाख नभएर नतिरेका होइनन । जग्गाधनीका हातमा चेक पनि पुग्नु र परिस्थितिले विषय अदालत पनि जानुले चेक साटिएन ।
करोडौका व्यवसायको यसरी मनलाग्दी भाडा सम्झौता रद्ध गर्दै जाने र उल्टै व्यावसायीहरू वदनाम हुने हो भने भोलीका दिनमा उद्योग व्यवसायकोअवस्था कस्तो होला ?
२०८२ मंसिरमा मात्रै नेशनल जियोग्राफिक म्यागजिनले साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा उल्लेख गर्दै सामग्री प्रस्तुत गरेको थियो ।
सन्तोषको चुलिदो ख्याती र उनको व्यावसायिक सफलताबाट चिढिनेहरू जमेरै लागेका छन् , यस बेला ।
अहिले सन्तोषका नाममा 'चेक बाउन्स र ठगी आरोप' शीर्षकमा दर्जनौ सञ्चार माध्यमले एकोहोरो समाचार प्रचार प्रसार गरिरहेका छ्न ।
सामाजिक संजाल अझ तातिएको देख्छु । चेक बाउन्स भएकै हो तर यसको अन्तर कथा सुने पछि सन्तोषको नियत खराव देखिन्न ।
अहिलेको समयमा सकरात्मकता कम र नकरात्मकता ज्यादा बिकिरहेको छ । सन्तोष त्यसैको शिकार बन्दैछन् ।
अघिल्लो दिन जयगान गरेको व्यक्तिलाई भोलि पल्ट सत्तो सराप गर्न सक्ने क्षमता नेपाली समाजसंग छ । सन्तोष यतबेला समाजको यही प्रवृत्तिको शिकार पनि बन्न पुगे ।
#JusticeforSantoshShah @NepalPoliceHQ@ShahBalen
📢Vacancies for ✅Outreach Workers OPEN!
Under the @GlobalFund and @UNDPNepal-funded TB project, BNMT seeks applications from energetic, qualified candidates for Pyuthan & Rupandehi districts.
Apply by 2 June 2026!
राज्यले आफ्नो हैसियतअनुसारकै नेतृत्व पाउँछ” भन्ने कुरा हामीले धेरै पटक सुनेका छौं। तर यो हैसियत केवल सत्ताको कुरा होइन। यो त्यो संस्थागत क्षमताको पनि कुरा हो, जसले स्थानीय ज्ञानलाई आधुनिक विज्ञानसँग जोड्न सक्छ, प्रविधिमा लगानी गर्ने साहस राख्छ, र लुटतन्त्रभन्दा माथि उठेर न्यायपूर्ण र पारदर्शी राज्यको ढाँचा खडा गर्न सक्छ।
कुनै पनि नयाँ प्रविधि वा औषधि विकास गर्न करोडौं रूपैयाँको लगानी, वर्षौंको अनुसन्धान र अथक परिश्रम चाहिन्छ। आधुनिक बजारको मागअनुसारको आयुर्वेदिक पेय र औषधि तयार पार्न त लगानी र तपस्या मात्र होइन, अलि भाग्यको साथ पनि आवश्यक हुन्छ।
यही चुनौतीबीच, नेपालका साना किसानहरूले आफ्नै सीमित स्रोत र साधनले तितेपातीको तेल मात्र होइन, सिलटिमुर, अशुरो, चिराइतो, खयर, जेठीमधु, पिपला, सालको पात र गौमूत्र अर्क जस्ता स्थानीय वनस्पतिबाट एसेन्सियल ओइल, औषधीय बिटर, न्युट्रास्युटिकल र एन्टिअक्सिडेन्टहरू विकास गरेका छन्। तितेपातीको तेलले विश्वमा मलेरिया उन्मूलनमा ऐतिहासिक भूमिका खेलेको छ भने डेंगु र कोभिड जस्ता संक्रमणका बेला ज्वरो नियन्त्रणमा समेत यसको प्रभावकारिता प्रमाणित भएको छ।
यी उत्पादनहरूको व्यवसायीकरणले नेपाललाई जुन आर्थिक र सामाजिक फाइदा दिन सक्छ, त्यो गाँजाको कानुनीकरणभन्दा कम्तीमा तीन गुणा बढी हुने प्रक्षेपणहरूले देखाउँछन्।
दुर्भाग्यवश, यी मध्ये कुनै पनि उत्पादनले नेपालमा दर्ता हुन पाएन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसलाई खाद्य वर्गमा पर्दैन भनी उद्योग विभागतिर पठायो। केही समयपछि एक ‘बिचौलिया’ देखा पर्यो—“आठ–दस लाख रूपैयाँ लाग्ला कोशिस गरु हजुर .............
भैगो हामीलाई तिम्रो लुटमा सहभागी हुनु छैन। कारण यो अन्यत्र पनि दर्ता हुने प्रिमियम माल हो। तिमीले दर्ता सहमति त देलाउ तर हरेक साल तिमीलाई सलामी बुझाउनु नैतिक पनि रहेन।
के नेपालमा केही हुन सक्छ होला ? यो छ त्यहाँको प्रशासनिक शैली।
आयुर्वेद विभागले “यो हाम्रो क्षेत्र होइन” भन्यो। औषधि बिभाग तिर आर्को रमाइलो रहेछ , साना किसानको पहुँच बाहिरको संसारमा कतै पनि नचाहिने नामागीने प्रकृतिको कम्प्लाइन्स (Regulatory Compliances with Clinical Trial Data Support) जरुरत।
वनस्पति विज्ञान विभागतिर जाँदा पनि उही ढिलोसुस्ती र अन्तरविभागिय खिचातानी।
यस्तो लाग्छ, ती निकायहरू नेपाललाई उद्यमशील बनाउन होइन, कसैले नयाँ उद्योग सुरु गर्न खोज्दा त्यसलाई नजन्मदै मार्न पठाइएको कृष्ण रुपी नेपाली उधमिलाई पुतनाको भूमिका निर्वाह गर्ने राज्यको कर दिएर पालेको निकाय।
ताजुब त त्यहाँ हुन्छ कि कहिलेकाहीँ त्यहि क्षेत्रका उच्च अधिकारीहरू नै नेपालमा माटो मैत्री “इनोभेसनलाई सहयोग गर्नुपर्छ” भन्ने भाषण गर्छन्, तर वास्तवमा उनीहरूले हामीहरुलाई के गरिरहेको छन् हामीलाई मात्र थाहा छ।
आजको मितिसम्ममा हाम्रो सामु एउटा मात्र व्यावहारिक विकल्प बाँकी छ: यो फर्मुलेसन र प्रविधिलाई अमेरिका र क्यानडामा दर्ता गरी प्याटेन्ट गर्ने, त्यसपछि त्यहीँको प्रविधि भनेर बिदेशी एफडिआइले भारतमा उत्पादन गर्ने, र विश्वव्यापी बजारमा विस्तार गर्ने।
नेपालमा त यो अझ सजिलै बिक्री हुन्छ। किनभने विगत साठी वर्षदेखि नेपालको राज्य संयन्त्र स्थानीय उद्यम र इनोभेसनलाई प्रोत्साहन दिनुको सट्टा, विदेशी उत्पादनको एकाधिकार बजार कायम राख्न नै सक्रिय रहेको छ।
अहिले मुलुकमा नयाँ अनुहारहरू सत्तामा आएका छन्, केही राम्रा नीतिहरू पनि आएका छन्। तर संरचनात्मक समस्या उस्तै छ। हामीले देखेका छौं—हाम्रो गुन्द्रुक, मस्यौरा , गहुँत, कृष्ण तुलसी, कुश, वैदिक कृषि पद्धति र वृक्ष आयुर्वेदको प्लान्ट माइक्रोबायोम जस्ता मौलिक ज्ञान कसरी विदेशमा प्याटेन्ट भए।
राज्यको यो व्यवहार हुदै गर्दा हाम्रै रैथाने ज्ञानलाई विदेशमा नै प्याटेन्ट गराएर मात्र काम चलाउनुपर्ने बाध्यता आउने रहेछ। नेपालभित्रै अनुसन्धान र उत्पादन गर्नु चाहेर नहुने रहेछ। यस्तोमा आफ्नो भनिएको सरकारको पनि के नै अर्थ हुने रहे छ र ?
अर्को तर्फ सामाजिक सञ्जालमा नेपाली ज्ञान बिदेशमा प्याटेन्ट गर्ने भनि उधमिलाई गाली गर्न धेरै सक्रिय भेटिन्छ। तर स्थानीय उद्यमी र किसानहरूलाई सहयोग त टाढाको कुरा, केवल “हामीलाई असहयोग नगरिदियो भने पनि हुन्छ” भन्ने साधारण अपेक्षा पूरा हुँदैन। यो अब संस्थागत व्यवहारकै अंश बन्न पुगेको छ।
राज्यले आफ्नो हैसियतअनुसारको नेतृत्व पाउँछ भन्ने कुरा साँचो हो। तर हैसियत केवल सत्तामा पुग्नु होइन—सोच्ने, सुरक्षा दिने, र नयाँलाई फस्टाउन दिने संस्थागत साहस हो। हामीले हारेका छैनौं, बस बाटो फेर्न पटक पटक बाध्य छौ।
जसरि हिलेको तुम्बा बिदेशी बजारमा बिदेशमा नै बनेर अर्बौ कारोबार गर्ने भएको छ, नेपालको टिम्मुरको सार रुपी पेय विदेश मा विदेशमै बनेर वेदेशमा बिक्रि हुदै छ अब त्यो मार्गमा यी उत्पादनहरु समेत जानुको बिकल्प देखिएन।
अन्त्यमा, पशुपतिनाथको कृपाले यो भूमिले ज्ञान, न्याय र समृद्धिको मार्गमा अगाडि जाने आत्मबल भएको नेपालि धर्ति पुत्र प्राप्त गरोस। पशुपति नाथले हामि सबैको कल्याण गरुन।
हाम्रो पूर्वजकाे मातृभाषा संस्कृत हाे। नेपाली,मैथिली,हिन्दी ,बंगाली सबका सब त्यहीँ संस्कृत भाषा का अपभ्रंश भएका भाषाहरू हाे। मूल भाषा नै हाम्रो वाेलचाल,लेखपढमा प्रयुक्त हुँदैन। मूल जाेगे सहायक धाराहरू आफसे,आफ जाेगिन्छ। संस्कृत मिश्रित नेपाली र हिन्दी मधुर सुनिन्छ।