काँडाहरुले कहिल्यै
आफ्नो परिचय लुकाउँदैनन्
कहिल्यै झुक्काउँदैनन्
स्पष्ट छ तिखोपन
लुकेको छैन कुनै घातक धार
नक्कली आवरणभन्दा
कडा सत्य नै हुन्छ यहाँ सार।
झुक्किने भनेको नै
फूलहरु सँग हो
कोमल पत्रदलभित्र
लुकेको कुत्सित रङ्ग हो
सुवासको लोभ देखाई
मुटुमा प्रहार गर्नेहरु