कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!
नेपालमा अराजकता बढेको छ।जेन्जि समुहका युवाहरु नै अपराधमा बढि सकृय छन।ग्याङ फाईटहरु बढ्दो छ युवाहरुमा।रोजगारी छैन,लागु औषधको लतमा फसेका छन।धेरै चिन्ताको बिषय बन्दै गएको छ।हतियार प्रयोग गरेर हत्या गर्नेहरुको संङ्ख्या बढ्दै छ किन? सरकार प्रशासन कडा रुपमा प्रस्तुत हुनुपर्दछ।
नेपाली ब्रो भनेर चिनिएको टिकटकर कुमार थापाले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेच।सामाजिक संन्जालमा भाईरल भए जस्तो जीवन भाईरल बनाउन कहाँ सकिन्छ? बिशुद्द अपराधिक घट्ना हो त्यहि अनुसार ट्रिट गर्नुपर्छ।कडा कारबाहि होस जगन्य अपराधिलाई।
७७९ वटा BYD गाडी कर छली गरेर ल्याएछन् । छानबिन समिति पनि बनेछ।कसरी चुहियो सुचना करको दर बजेट आउनुभन्दा अगाढि।कर्मचारीको मिलोमतो हुन सक्दछ।देश सदैब कसै न कसैको बन्धकमा रैच भन्ने पुष्टि भयो।गम्भीर अनुसन्धान हुन जरुरी छ।जो भए पनि निर्मम भएर कारबाहि गर्नुपर्छ।
गृह मन्त्रालयले गरेको उपत्यका ट्राफिक प्रमुखको सरुवामा व्यापक बिरोध भएपछि आज फेरि सच्चाएर अर्कोलाई सरुवा गरेछ।फस्ट क्लास अफिसरको सरुवा गर्दा धेरै अध्ययन गरि कार्यन्वयन गर्नुपर्नेमा त्यो देखिएन।संन्जालमा व्यापक बिरोधपछि सच्चाउनु भनेको कमजोरी मान्नुपर्छ।मान्छे चिन्नु खसी किन्नु।
झ्याँसहरुले त्यसैनै ब्लक गरिदिन्छन खै किन।
चिनजान छैन तर चासो राखिदिन्छन खै किन।।
भरौटेहरु हुन प्रयोगमा आउने सोच ठिक छैन।
एक शब्द नबोल्दा खैरो खनिदिन्छन खै किन।।
सकारात्मक भावना नहुनेहरु नै कपटी हून्छन।
अर्काको ईशारामा मतियार भैदिन्छन खै किन।।
#मनको_भावना✍️🙏
अदालत सेना,नयाँ सांसद र मन्त्रिहरुको सम्पती छानबिन हुदैन भन्दा अलि बढि हजम भएन। मन लागे सम्पती बिबरण हेर्ने नलागे नहेर्ने भन्ने हुनु हुदैन।नगर्ने भन्ने निकायमा काम गर्ने सबै राम्रा छन?यि प्रश्नहरुको जबाफ दिन सजिलो छैन त्यसैले सरकारको समयमा नै ध्यान जाओस।हेराई सबैतिर एकै हुनुपर्छ।
साथि भाईले सम्झिएर राप्ती नदिको अर्गानिक माछा कोसेलि पठाईदिएचन।
आजकल नजिकको सम्झिएर केही समय दिन्छन वा पठाउँछन भने साँच्चिकै मनैदेखि धन्यबाद दिनुपर्दछ किनकी आफ्नोपन हरउँदै गएको समय छ आजभोलि।कसैसँग मन मिलिरहन्छ सम्झिरहन्छन भने महान व्यक्तिको दर्जामा राख्नुपर्दछ।
सुरक्षा निकायहरु कमजोर बने भने समग्र राज्य प्रशासन र सरकार कमजोर हुन थाल्दछ।कार्यसम्पादनका सुचकहरु ठिक देखिन पनि सुरक्षाको ग्यारेन्टि हुनुपर्छ।बिकाश र सम्बृद्दि देखिन सुरक्षाको प्रत्याभुति हुनुपर्छ।सरकारले ध्यान दिनुपर्दछ यस्ता कुराहरुमा।
एउटा सेक्सन अफिसर महिलालाई त्यहि लेभलको पुरुष कर्मचारिले बलात्कार गर्यो भनेर रुवाई कराई गर्दैछिन मिडियामा।कस्तो अचम्मको समाज अनि सोच भयो हैन।यदि पिडित नै हो भने सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने हो।मिडियामा आउनु भनेको भाईरल हुनु हो।बदनाम आफैले कमाउनु पनि हुदैन है त।
क्षणिक बासनामा भुल्दै आत्मरतिमा रमाउने किसिमका प्रेमहरुको आयु छोटो हुन्छ।जब स्वार्थ बाझिन्छ त्यस्ता प्रेमहरुको न टुङ्गो हुन्छ न ठेगाना हुन्छ।गन्तव्यबिहिन प्रेमको न मूल्य हुन्छ न मान्यता न त कुनै प्रभाब नै।त्यसैले प्रेमको आकार प्रकार छुट्टिनुपर्छ।
#शुभरात्री🙏
#फेरि_पिर्के_सलामी_तैट!
मोरङ-५बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले इलाका प्रहरी कार्यालय रंगेलीमा पिर्के सलामी लिएकी छन् ।
अलि समय हराएको थियो पिर्के सलामी फेरि रंङ्गेलिमा सुरु भएच।
चाकडिबादकोअन्त्य हुनुपर्ने हो तरपनिअबशेषहरु बाँकि छन जस्तो देखिन्छ।
ऐन मौकामा के को Good Touch के को Bad Touch,दोहोरो फाईट गर्ने मनस्थिति भएपछि जस्ले जे जसो गरोस छोओस बाल मतलब।
संसदमा कुस्ति खेल्न आएका छन ज्यान जोगाउनै गार्हो।
जे होस कानुन बनाउन कुनै सहयोग नगरेपनि पर्यो भने लडुँला भनेर आएका छन।
कहि नभएको तमासा यहि देशमा हुन्छ,यहिको संसदमा हुन्छ।
आज संसदमा प्रम बालेनले नेपालले पनि भारतको सिमा मिच्याछ भन्नुभयो,गाँठि कुरो के हो?
२०७३साल फागुनमा कंचनपुरको सीमा क्षेत्रमा SSBले चलाएको गोलीले गोविन्द गौतमको मृत्यु भएको थियो भने२०७६सालमा दार्चुलामा जयसिंह धामी तुइन चढेर भारत तर्फ जाँदै गर्दाSSBले तुइन काटिदिँदा बेपत्ता भएका थिए।
उन्नति प्रगती गरेको नजिककाले झन सुन्न देख्न चाहदैनन् बरु संगत टाढाकोसँग गर्नुपर्छ।जति प्रगति गर्दै गईन्छ त्यति नै आफ्ना भनिएकाहरुले ईर्ष्या डाह गर्दै हिड्छन।त्यसैले भनिन्छ शत्रु खोज्न टाढा जानुपर्दैन नजिकका आफ्नै नातेदारहरुलाई हेर्दा हुन्छ।धेरै बुझेर मात्र संगत गर्नुपर्छ।
माननीय हुदैमा चुनाब जित्दैमा अर्थतन्त्र सबैले बुझेका हुन्छन भन्ने हुदैन।त्यसैले अर्थतन्त्रको बिश्वव्यापी परिभाषा र यस्को व्यापकतालाई नबुझि हचुवाको तालमा नयाँ बजेटलाई उहीँ पुरानो भन्नू पराजित मानसिकताको उपज हो।सतही अर्थ न व्यर्थको कुरा गरेर काम छैन।जसले बुझेको छ उसैले बोल्ने हो।
बिगत बर्षहरुको बजेट भाषण गर्नलाई बजेट किताबलाई झोलामा वा राम्रो सुटकेशमा ल्याएर खोलिन्थ्यो तर यसपालि खुल्ला रुपमा नै ल्याईयो साधरण तरिकाले।यसभित्र पनि कुनै रहस्य छ होला क नाई?
झोला वा सुटकेशको पनि ब्रान्डिङ हुन्थ्यो तर यस्पाली भएन।
रुकुम पश्चिम आठबिसकोट नपा १२ को दमाई कान्छो जनक परियार निकै एग्रेसिभ रैचन।सबै मठ मन्दिर र गुम्बामाआगो लगाईदिन्छु भन्छत गाँठे।
यो ठेगान लाईसक्यो कि बाँकि छ भन्या?
कस्ता कुपात्रहरु जन्मिन्छन धर्तिमा?
धार्मिक सद्भभाब भड्काउने अपराधिक प्रबृतिका यस्ता पात्र भनेका समाजका धमिरा हुन।