मन तस्बिरमा अनि तस्बिर लिलाममा राखेर
बाच्न धेरै कठिन छ साथि , सबै सिमा नाघेर
उसले प्रेमको आफ्नै परिभाषा निर्माण गरेछ
बेस्यालय पुगेर अनि अलिकति जवानी चाखेर
तिमी सुस्तायौ , धेरै सुस्तायौ , यो देश सुस्तायो
मातृभुमी तिमी पनि हेर न , एक फेरा जागेर!!
--------रहस्य --------
चाहनाको बहाना भित्र
घेरा लुकेको इतिहासमा
उ अझै पनि जिउदो छ।
संसार सकियो भनेका बिद्दानहरु
मुर्खको पटकथा पड्दै होलान!
जिवनको डुङ्गामा सवार कमिला
जिन्दगीको भेल नाप्तै र चाख्तैमा
उ महसुर बन्न सिकायो र बिकायो!
पागल बस्तिमा पागलकै कथाले।।
बर्बरताको बर्लिनबाट उर्लेर बेहोसिको बेतुक बिसमतालाई ब्यवास्था गरि ब्यवस्थापनको ब्यवारिसे बियोग बेग्लै थियो। तर पनि बाच्ने आसको कौतुहलले क्षण भएको खुसी र हासो निरन्तरताको खोजिमा भौतिकवादको जुनसुकै बुदा प्रयोग गर्न नचुक्ने अदम्य शाहसको बिजारोपण होस्।