Good morning world 🙏
मन अचेल मौंन
रहन्छ।
दुखाई अक्सर
तन सहन्छ।
बिशाल शरिर
भार भै रहन्छ।
जिवनका कर्तव्य ले
देह् गलाई रहन्छ।
घाउँ हरु भन्दा
शब्द चुभिरहन्छ।
अक्सर मन मौंन रहन्छ!
#शिव
श्रीकृष्ण भन्नुहुन्छ……….✍️
जीवनमा दुःख आउनु असफलता होइन, बरु त्यो त तिमीलाई अझ बलियो बनाउने अवसर हो। सूर्य अस्ताउँदा अन्धकार आउँछ, तर त्यो अन्धकारले नयाँ बिहानीलाई रोक्न सक्दैन। त्यसैगरी कठिनाइहरू पनि स्थायी हुँदैनन्।
कर्म गरिरह, सत्यको मार्ग नछोड, र आफ्नो मनलाई ईश्वरमा स्थिर राख। आज तिम्रो प्रयासको फल नदेखिए पनि समयले अवश्य न्याय गर्नेछ।
हरेक आँधीपछि आकाश फेरि खुल्छ, हरेक रातपछि उज्यालो आउँछ। त्यसैले परिस्थितिसँग हार नमान, विश्वास र धैर्यलाई आफ्नो साथी बनाऊ।
जय श्रीकृष्ण ✍️
अक्षर चिनेर मात्र कहाँ विद्वान भइन्छ र?
मान्छे र परिस्थिति चिन्न सक्नु पो असली शिक्षा हो।
घोकन्ते विद्याले दिमाग त भरिएला, तर विवेक भर्न त ठोक्कर नै खानुपर्छ।✍️
गुनासो म संग छ भने प्रश्न पनि मै संग गर्ने हिम्मत राख
दुनियाँ लाई सुनाउदैमा तिम्रो सुनुवाइ हुदैन अदालत अनि वकिल हुनुको के अर्थ जब अरुले गरेको सुनुवाइ मान्य हुनेभए ✍️
चारै तिर उज्यालो छ
त्यही पनि जिन्दगी किन यति अँध्यारो लाग्छ ?
गज्जबको होहल्ला छ बाहिर
यद्यपि किन यो मन अझै सुनसान छ ?
सायद दियो बाल्दैमा
केहि रङ्ग बिरङ्गी बत्ति जडान गर्दैमा
जिन्दगी उज्यालो हुन्न !
सायद होहल्ला गर्दैमा
मनभित्रको शुन्यता मेटिन्न !✍️
🙋
झटारो
फाल मा लाग्यो कि फुल मा
देश बिदेश नै हल्लियो।
एउटै लाई कसैले खुर्पा को बेड भन्छन् त
कसैले श्रिखण्ड।
तर्क वितर्क गर्ने त मनुष्य को काम हो!
#शिव
उदाउन एसरी नै पर्छ👇
मुक्तक
यो मनमा निभ्न खोज्छन् विश्वासका दीपहरू
न्यानो माया भित्र बल्ने आभासका दीपहरू
विरहका सारा चोटहरू समयले सिलाउँदै,
अध्यारोमा पनि बलेकै छ बतासका दीपहरू ।
मान्छेहरूले म बदलिएको मात्रै देखे
तर मलाई बदलिन बाध्य बनाउने परिस्थिति कहिल्यै बुझेनन्।
जसले चोट दिए
उनीहरूले मेरो मौनता देखे, पीडा देखेनन्।
म पहिले जस्तो नरहनुको कारण घमण्ड होइन,
बारम्बार विश्वास तोडिँदा मानिस आफैं बदलिन थाल्छ।
याद राख
मानिस आफ्नो रहरले कम
परिस्थितिले धेरै बदलिन्छ।
र सबैभन्दा ठूलो सत्य त के हो भने
जसले तिमीलाई बदलिएको भन्छन्
धेरैजसो उनीहरू नै तिमी बदलिनुको कारण बनेका हुन्छन्। ✍️