प्रिय
दुरिले टाढा छौ यादको कारोबार भएको छ
कहिले देँखौ, कहिले भेँटौ हतार भएको छ
को भन्छ प्यार पटक पटक हुन्न जीवनमा
जति हेरे तिम्रो तस्बिर त्यतिबार भएको छ।
म भुईको कसिङ्गर
तिमि प्रकृतिकी स्वच्छ हावा
मलाई हावासँगै बहनु छ
हावासँगै उड्नु छ
हावासँगै मडारिनु छ
अनि गर्नु छ जिन्दगीको सफर हावासँगै
बस्, तिमि बहन नछोड्नु है
नत्र तिमीमा संसार देखेको म
भुईमै बजारिने छु फेरि कहिल्यै नऊड्ने गरि!
प्रिय हावा मान्छे❣
प्रणय दिवसको शुभकामना
चाहेर हो वा बाध्यताले टाढा बन्न थाल्यौ
मुटु बिना बाँच्ने प्रयास गर्नुस् भन्न थाल्यौ
त्यो मन पत्थर होला लाग्दैनथ्यो ओ प्रिया
हाम्रो माया घाट पुर्याउने बाटो खन्न थाल्यौ।✍
#शुभप्रभात
तिमीसँग प्यार जाना-जान गर्ने मन छ
अङ्गलोमा बेरिएर तानातान गर्ने मन छ
सारा दुनिँया छ अघि,नजर बस् तिमीमै
यसरी नै हाम्राे प्रेमकाे सम्मान गर्ने मन छ
तिमीलाई हेर्दै निदाउ, तिम्लाई हेर्दै जागाै
त्यो शिरमा चुम्बन साँझबिहान गर्ने मन छ।