म मुस्लिमको छोरो भएपनी नेपालिहरुले मनाउने सबै चाडपर्वहरु मनाउने गर्छु। दशै,तिहार हिन्दुहरुको मात्र हैन,सम्पुर्ण नेपालिहरुको पर्व हो। आफ्नो धर्मको बफादारीता त छँदैछ, अन्य धर्मको पनि सम्मान गर्न सक्नुपर्छ त्यो मात्र एउटा असल नेपाली हुनसक्छ ।
सम्पुर्णमा दिपावलिको शुभकामना !
हिंसा, लुटपाट र आगजनी गर्नेहरूको कुनै धर्म, जात वा समुदाय हुँदैन। उनीहरू अपराधी हुन। तर केही व्यक्तिको गलत कार्यका आधारमा सम्पूर्ण समाज वा समुदायलाई दोषी ठहर गर्नु गलत हो । आपसी सद्भाव र सामाजिक एकता नै हामी नेपालीको सबैभन्दा ठूलो शक्ति र पहिचान हो।
सत्य र प्रेमको मार्गदर्शक भगवान श्रीकृष्णको जन्मदिन अर्थात श्रीकृष्ण जन्माष्टमीको अवसरमा आपसी प्रेम, एकता र सद्भाव बलियो होस् र सबैलाई सकारात्मक ऊर्जा मिलोस, श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।
सामाजिक सञ्जालको प्रयोग यति अराजक हुँदै गइरहेको छ कि कुनै पनि तर्कपूर्ण आलोचना वा तथ्यमा आधारित प्रश्न राख्ने प्रयासलाई पनि ‘विरोध’ भनेर लाञ्छना लगाइन्छ । यस्तो प्रवृत्तिले न राजनीतिक सुधार सम्भव हुन्छ, न नेतृत्वको जवाफदेहिता सुनिश्चित हुन्छ ।
https://t.co/VobdLaqhMY
आयल निगमको जग्गा खरिद प्रकरण र वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्नेहो भने अख्तियार प्रमुख प्रेम राई पनि जाकिन्छन।
प्रेम राई ज्यू, २०७७ असारमा तामेलिमा राखेको आयल निगमको जग्गा खरिद प्रकरणको फाइल कहिले खोल्ने ?
आज कमरेड लालबाबु पण्डित ज्यू को श्रीमतिको काजकृया गर्न बसेको ठाउँमा आदरणीय शेखर कोइराला दाई सहित पुगेर स्व. बिमला भाउजु प्रति श्रध्दाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरियो।
आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल ज्यू सँग कोशी प्रदेशका पुर्व मुख्यमन्त्री मा. केदार कार्की ज्यू सहित काठमाडौंमा भेटघाट गरियो ।