मानवीयतावादमा विश्वास गर्ने एक गीतकार तथा सामाजिक कार्यकर्ता / President- Membsa Int ( United Voice Of Mechi Mahakali Buhari) ,Animal Lover 🐈🐕🐾A+🩸Scorpio 🦂
दुख लाई सहन गर , जिन्दगी आफै मजबुत हुन्छ त्यो ढुङ्गा लाई हेर्नु त मुर्ति बन्दा कति चोट खाएको थियो र त आज सबैको अगाडी शिर ठाडो बनाएर निर्ध्क्क उभिएकोछ !
#कुतुलीयमु ✍️
गाउँघरमा दसैँ र तिहारको रमझम सुरु भयो होला तर यो परदेशीको भाग्यमा कहाँ छ र त्यो खुसी।यहाँ न दसैँ आएको अनुभूति हुन्छ, न तिहारको उज्यालोले मन उज्यालिन्छ। चाडपर्व आउँछन्, जान्छन्, तर मनभित्रको पीडा उस्तै रहिरहन्छ।
🌺शुभ घटस्थापना तथा बडादशैँको हार्दिक मंगलमय
शुभकामना🌺
यो बडादशैँले केवल निधारमा टीका र कानमा जमरा मात्र होइन, हृदयमा मानवता, सम्बन्धमा मिठास र समाजमा एकताको भावना पनि रोप्न सकोस्। विजयादशमीसम्मको पावन बडादशैँको हार्दिक मंगलमय शुभकामना ।
उदाउँदो सूर्यले अन्धकार हटाएर नयाँ उज्यालो फैलाएझैँ, सकारात्मक सोच, आशा र सत्कर्मले जीवनका कठिनाइलाई पन्छाउँदै सफलताको नयाँ बाटो खोल्छ। त्यसैले हरेक बिहानलाई नयाँ अवसर, नयाँ उत्साह र आत्मविश्वासका साथ स्वागत गरौँ। हिजोका दुःखलाई पछाडि छोड्दै आजलाई सुन्दर बनाउने प्रयास गरौँ।जय होय
🌺🙏 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🙏🌺
नेपाली महिलाहरूको आस्था, विश्वास, प्रेम, संस्कार र मौलिक संस्कृतिसँग जोडिएको पवित्र पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बुबाको मुख हेर्ने दिन। कुनै समय यही दिन आउँदा मन कति उत्साहित हुन्थ्यो, बुबालाई के मन पर्छ होला ? के लगिदिऊँ ? यिनै कुराहरू सोच्दै दिन बित्थ्यो। तर आज सबै कुरा उस्तै छ, दिन उही छ,चाड उही छ, तर बुबा हुनुहुन्न। बुबाको मुख हेर्ने दिन को दिन बुबाप्रति हार्दिक श्रद्धा, सम्मान र नमन😭
अन्धकारलाई चिर्दै सत्य, न्याय र सद्भावको उज्यालो फैलियोस्।भगवान श्रीकृष्णको दिव्य बाँसुरीझैँ हाम्रो जीवनमा प्रेम,करुणा र शान्तिको मधुर धुनगुञ्जिरहोस्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा जीवनमा सुख, शान्ति, समृद्धि, को शुभकामना ।
ए मानव! 😡
कति लोभ गर्छौ? केका लागि गर्छौ यस्तो पाप ❓
मान्छेको लास उठाएर परिवारलाई बुझाउनुपर्ने बेला, त्यही लासको कानबाट सुन झिक्न हात कसरी चल्यो ? बाढीले ज्यान लिएको पीडामा मानवता पनि बगाएर लगेका हौ❓
लासलाई सम्मान देऊ।
पीडित परिवारको घाउमा नुन नछर्क।
मानव बन, हैवान नबन! 😡🙏
जिन्दगीमा सबै कुरा पाएर पनि मन अशान्त छ भने त्यो सम्पन्नता होइन, केवल अभावको अर्को रूप हो। तर थोरै भएर पनि मन शान्त छ, आफ्ना मान्छेको माया छ र आफूभित्र सन्तोष छ भने त्यही नै जीवनको सबैभन्दा ठूलो धन हो। जय होस ॥
#कुतुलीयमु ✍️
मित्र र शत्रु छुट्याउन शब्द होइन, समय र व्यवहार हेर्नुपर्छ, किनकि मीठो बोल्ने सबै आफ्ना हुँदैनन् र आलोचना गर्ने सबै पराइ हुँदैनन्।जय होस ॥
#कुतुलीयमु ✍️
नाग देवताको पूजा आराधनासँगै जीवनका सबै दुःख, चिन्ता र बाधाहरू हटून्, सुख शान्ति, समृद्धि, स्वास्थ्य र सौभाग्यले घर आँगन भरियोस्। प्रकृति, जीवजन्तु र वातावरणप्रतिको हाम्रो सम्मान अझ गहिरो बनोस्। नाग देवताको कृपा सदैव सबैमाथि रहिरहोस्।
🙏🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
वास्तविक शान्ति त मनभित्र मात्र महसुस हुन्छ। महँगो र विलासी जीवनभन्दा माया र समझदारीले भरिएको सन्तुलित जीवन धेरै मूल्यवान् छ। धेरै पाउनुमा भन्दा, जे छ त्यसमै खुसी खोज्नु नै जिन्दगीको ठूलो सफलता हो।त्यसैले मेरो जीवनको सबैभन्दा ठूलो कमाइ र साँचो धन नै 'तिमी' हौ प्यारा ।
हाम्रो मौलिक भेषभूषा, जीवन्त संस्कृति र गौरवमय पहिचान नै हाम्रा अमूल्य निधि हुन्। #उभौली#पर्वको यस पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
कुतुली यमु ✍️
#लोकतन्त्र केवल शासन पद्धति मात्र होइन, यो त जीवन पद्धति र स्वतन्त्रताको उत्सव पनि हो। आजको दिनले हामीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्र निर्माणमा जुट्न थप प्रेरणा मिलोस्। लोकतन्त्र दिवस २०८३ को शुभकामना ॥ हाम्रो देशमा सधैँ शान्ति, सुशासन र समृद्धिको बास होस्। 🕊️🇳🇵
विचारको स्वतन्त्रताले तपाईंलाई पखेटा दिन्छ, तर संस्कारको मर्यादाले तपाईंलाई सही धरातल दिन्छ। आफ्नो संस्कृतिलाई अनुशासनको घेराभित्र सँगालेर राख्नुहोस्, किनकि यही नै तपाईंको चरित्रको ऐना र गौरवमय पहिचानको आधार हो। जय होस ॥
कुतुली यमु ✍️
मनभित्र एउटा गहिरो अनुभूति, एक मिठो आत्मीयता राखियो भने,कहिले काहीँ नाम र परिचय नभए पनि आत्माले चिनिन्छ ।। त्यो चिनाइ शब्दले होइन,न त देखावटी मुस्कानले हुन्छ, त्यो त हृदयको मौन स्पर्श हो,जहाँ कुनै स्वार्थ हुँदैन,केवल साँचो भावना बगिरहन्छ। जय होस॥
कुतुली यमु ✍️