सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा संबोधन गर्दा विश्वका शक्तिशाली राष्ट्रहरूलाई विश्वमा शान्ति कायम राख्न गौतम बुद्धका सन्देशहरु अपनाउन आग्रह गर्दै नेपाललाई शान्तिको दुतकोरुपमा उभ्याएकाछन।नेपालको छुट्टै पहिचान रहेको छ भन्ने कुरा विश्व सामु राखि दिएकाछन।
अध्यादेश फिर्ता पठाएर राष्ट्रपतिले संबिधानको उलंघन गरेका छन। कानूनविद्को नाममा भिड जम्मा गरेर फिर्ता पठाउने कार्यले संबैधानिकता पाउदैन । धारा ११४ मा कहाँ छ राष्ट्रपतिले फिर्ता पठाउने व्यवस्था?।विधेयक र अध्यादेश फरक कुरा हो । गलत नजिरको हवला दिदै गरेको व्याख्या मान्य छैन।
राष्ट्रिय राजनैतिक एकता गरी छिटो भन्दा छिटो देशमा शान्ति सुरक्षा कायम राख्न सम्पूर्ण राजनैतिक दलहरूलाई हार्दिक अनुरोध गर्दछू। आफ्ना कमीकमजोरीहरू स्वीकार गर्दै देशमा भइरहेका बेतिथी,बिकृती,मनपरी र छाडा तन्त्रबाट देशलाई बचाऔ।
संविधान संशोधनको लागी संसद स्थापना गर्ने र राष्ट्रिय मुद्धाका मागलाई सम्बोधन गरी संबिधान संशोधन गर्ने, त्यसपछि संसद भङ्ग गरी, सर्वपक्षिय अन्तरिम मन्त्रिमण्डल गठन गर्ने र त्यसले निर्वाचन गराउने कुरामा राष्ट्रिय एकता कायम गरी बर्तमान राजनैतिक संकटबाट मुक्त हुन अनुरोध गर्दछु।
हाम्रा पुर्खाले रगत बगाएर जोडेको जमीन भारतलाई छोड्ने छैनौ। लिपेलेक लिम्पीयाधुरा नेपालको हो। कुनै किसिमको संझौता हुन सक्तैन। नेपालीको चित्त नदुखाउ भारत।
नेपालको राजनीति सारै कमजोर अवस्थामा रहेको छ। कुनै ब्याक्ति बिशेषलाई उचालेर यसले देश बिकास गर्छ भन्ने भीड जताततै देखिन्छ।तिनीहरुमा कुनै राजनैतिक संस्कार दृष्टिकोण देखिदैन। कर्मचारीतन्त्र राजनितिकरणले गर्दा भष्ट बनेको छ। राष्ट्र र जनता प्रति कोही जिम्मेवार देखिदैनन।अब भगवान भरोसा
समाजको हरेक क्षेत्रमा संस्कारले महत्वपूर्ण भूमीका खेलेको हून्छ। जस्तै राजनैतिक संस्कार नभएका ब्याक्तिहरुबाट राज्य सञ्चालन हुदा नागरिकले कति दु:ख पाउछन भन्ने कुरा हामी सबैले भोगेका छौ।