@DamonZumbroegel This is an Indian culture that was brought to Nepal by the Hindu Brahmins/Chetri caste when they were chased away by the Mugals and fled to lower hills of Nepal as refugees begging for a place to stay. Overstayed, they have infested even the central Nepal. They are not Indigenous
विश्वकप प्रसारण सुधार गर्न अनुरोधसहितको असन्तुष्टि !
फिफा विश्वकप २०२६ का खेलहरु हेर्न नेपालमा अधिकारिक प्रसारणकर्ताले तोकेकै रकम तिरिएको छ । ठूला प्रतियोगिताको स्तरीय ब्रोडकास्टका लागि सब्स्क्रिप्सन तिर्ने बानी बसाल्नुपर्छ भनेर मैले पनि भनेको थिएँ । तर जुन तरिकाले नेपालमा अहिले विश्वकप प्रत्यक्ष प्रसारण भइरहेको छ, निशुल्क हेर्दा पनि यस्तो समस्या थिएन ।
एक त खेल सुरु हुनुअघि र सकिएपछि हुने गतिविधि केहिपनि हेर्न पाइएको छैन । टेलिभिजनमा आफ्नो कार्यक्रम र विज्ञापन होला, तर ओटीटीले पनि खेलअघि विज्ञापन मात्र बजाएर खेलको कुनै गतिविधि देखाउँदैनन् । खेलपछि स्ट्रिम बन्द गर्न हतारो नै हुन्छ ।
खेल सकिएपछि खेलाडीले के भने र कसरी खुसी मनाए भनेर हेर्न सामाजिक संजालमा खोज्नुपर्छ । फिफाले विश्वभर दिने फिड नेपालमा पनि पक्कै दिन्छ । अझ यसपटक त प्राइम टिभीले सिधै फिफाबाट अधिकार खरिद गरेको छ, त्यसपछि मात्र अरु संस्थासम्म खरिद/विक्री गरिएको हो ।
हुन त विश्वकप अघि हरेक खेलको आफ्नै प्रि/पोस्ट म्याच हुन्छ भन्थे, तर अहिले त्यस्तो छैन । पहिलो खेलअघि चौथो खेलको कुरा हुन्छ, अनि चौथो खेल सकिएपछि पहिलो खेलको चर्चा । खेलको ३० मिनेट अघिसम्म पनि अनुमानित लाइनअपकै चर्चा हुन्छ भने खै के भन्ने । कार्यक्रमको स्तर र कन्टेन्टबारे धेरै नबोलौं होला, यसमा विज्ञापन दिने संस्थाले पनि आफ्नो नाम कहाँ जोडिएको छ भन्ने हेर्लान कि ?
अहिलेको अवस्थामा पैसा तिरेपछि निशुल्क हेर्न पाइने समयभन्दा बढी विज्ञापन हेर्नुपरेको छ । हो, व्यावसायिक रुपमा विज्ञापन र खेलको तालमेल मिल्नुपर्ने हो । तर दर्शकले खेल अघि/पछि पनि हेर्न नपाउने अनि पैसा पनि लिने चाहिं हुँदै भएन ।
प्राविधिक समस्या आउने कुरामा सुरुवाती दिनमा समस्या हुन्छ, केहि सुल्झिएका पनि छन् । तर अब खेल अघि बढ्दै जाँदा आफ्नो सर्भर र सिस्टम थप बलियो बनाउनै पर्छ । यसबाहेक आफ्नै नियन्त्रणमा भएको ब्रोडकास्ट कन्टेन्टलाई विज्ञापन मुखी होइन, खेललाई प्राथमिकतामा राख्नुपर्यो ।
मेरो आफ्नै अनुभव भन्दा, हाम्रो खेलकुदबाट आफैंले स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा काम गर्दा विज्ञापन भन्दा खेललाई प्राथमिकतामा राख्यौं । त्यसले आर्थिक रुपमा असर परेपनि दर्शकले सधैं प्रशंसा नै गर्नुभयो । अहिले त दर्शकले सुरुमै पैसा तिरिसकेको अवस्थामा विज्ञापनलाई प्राथमिकता राख्नुको तात्पर्य के हो ?
कल्याण श्रेष्ठ , शुशिला कार्की, सपना प्रधान मल्लहरुलाइ लाज र शरम लाग्नु पर्ने हो ठूलो कुरा गर्न !
तिमीहरुलाइ यस्तै न्यायका उपभोक्ताहरुको सराप लागेको हो ।