एकदिन :
मांसपेसी रित्तिँदै जानेछ ,
छाला चाउरिने छ ,
आशाहरू मर्नेछन् ,
लोभ लालच सकिनेछ ,
यसरी नै #जवानी सकिनेछ
र
#जीवन सकिने छ ।
---------------------------------
सबै कुरा रहर नगर्नुहोस् -
सक्ने रहरहरु समयमै पूरा गर्नुहोस् ।
जिन्दगीमा उतार चढाव भइरहन्छ , दुःख सुख चलिरहन्छ ,
दुःख सजिलै बिर्सन सकिन्छ जस्तो लाग्यो तर कतिपय दुःखले छाडेका छापहरु जति गरेपनि दिमागबाटै हटाउनै नसकिने रैछ
दुःखलाई बिर्सने र सहने कोसिस गर्दै अगाडि बढ्नु नै जिन्दगी रैछ ,
खुसीले बाँचौं 😊
साथै
सबै छोरी❤️ हरुलाई तीजको शुभकामना ।
सबैका आफ्ना आफ्ना दुःख छन्
कसैलाई वाह वाह चाहिएको छ ,
कसैका गुनासै - गुनासा छन्
कसैलाई आफुलाई कसैले सुनिदिन्छ भन्ने छ
कोही मौन छन्,
संसारमा यस्तै यस्तै छ
#पुर्णबिराम