म त्यस्तो केही लेख्ने कोशिष गर्छु, जसले समाजको यथार्थ नलुकाई देखाओस् । कति कुरा तिता गर्छु, तर सत्य हुन्छन् ।
मेरा tweets हरु पढ्न Likes तिर धाउनु होला ❤
आफ्नो मनोरञ्जनको लागि यो, त्यो अनि ऊ त्यो किनिदिनुस् न बा भन्ने छोरो आज आफ्नो जरुरतको सामान किन्न बा सँग पैसा माग्न सक्दैन,
किनकी छोरो अब ठूलो भएछ बा । छोरो अब बुझ्ने भएछ ।
जनयुद्धका ६ वर्ष र जनआन्दोलनमा नचलेको सेना काठमाडौँमा ४०००मान्छे भेला हुदाँ बहिर निस्किनु पर्यो। एमाले पार्टी कार्यालयलाई सुरक्षा दिन सेना चाहियो।
जब सेना र जनताको भेट बाक्लिन्छ, यत्रतत्र देखिन्छन्, पार्टि कार्यालयमा देखिन्छन्; तब सेना हरियो वर्दी लगाएको सशस्त्र प्रहरी हुनेछ ।
कहिले काहीँ कसैलाई मज्जाले अंगालौ जस्तो हुदैँन? लाग्छ कि नाई? सबै दु:ख त्यै अंगालो मै बिसाईदिँउ ? शब्द नहोस्, तर नबोलेरै त्यस मान्छेले सबै कुरा बुझिदियोस् - आसुँ त अनायासै खसिहाल्छन्, तर आसुँको वजन घट्नेबित्तिकै मन त हलुका हुन्छ नि ?