गाउँ
गाउँ–गाउँमा सिंहदरबार पुग्यो भन्छन्,
तर यतिबेला गाउँ आफैँ
झोलामा अलिकति गुन्द्रुक र
एक हर्लिक्स घिउ कोचेर
आइपुगेको छ सिंहदरबार—
साउदी अरेबियाको भिसा लगाउन !
१.
देश
नक्सामा त सग्लो नै छ,
तर हरेक दिन विमानस्थलबाट
अलिकति खिइएर जान्छ।
२.
राजधानी
दिनभरि
सडकमा मान्छेहरू गुड्छन्,
र साँझ परेपछि
मेशिनहरू ओछ्यानमा फर्कन्छन्।
संसार
यो कुन मरुभूमि हो ?
जहाँ म छाया खोजिरहेछु
म कहाँ छु ? म त आफैँभित्र
एउटा सिङ्गो भग्नावशेष भइगएछु
आऊ, उत्खनन् गर मलाई
यो कुरुप क्यानभासबाट
जहाँ म सुरुमै पोतिएको त्यो रङ हुँ
जसलाई थपिएका अनगिन्ती रङहरूले पुर्दै गए
स्थायी मुस्कान छर्न सकेँ,
न त आफ्नै आँखाको नदीमाथि
एउटा दह्रो पुल तर्न सकेँ ।
तर म जन्मिएँ—
एउटा अतृप्त तिर्खा बोकेर,
एउटा अधुरो गीत बनेर ।
भाँचिएँ , टुक्रिएँ, हराएँ
रोएँ ,चिच्चाएँ, कराएँ
सायद म नजन्मिएको भए,
यो संसार अलिकति त शान्त हुने थियो होला !
मेरो कडा शब्दले दुख्नु पर्ने थिएन ।
मैले टेक्ने माटोले अलिकति राहत पाउँथ्यो
मैले फुक्ने धुँवाले
वायुमण्डललाई अलिकति कम धमिलो बनाउँथ्यो ।
म त केवल एउटा
परिचय खोज्दै हिँडेको यात्री,
जसले छिँडीभरिको आकाश र
गोधूलीको छायाँबाहेक केही कमाउन सकेन ।
न त मैले कसैको ओठमा
मेरी आमाले आत्महत्या गरेको देश
- आर्यश
म कुनै सङ्केत गर्नेछैन
सिधासिधा भन्नेछु
अतीतको गहिरो खाडलमा धकेल्नेछैन
पढ्दापढदै रोउँ रोउँ लाग्ने बनाउनेछैन
तिमीलाई कुनै अवसादमा पुर्याउनेछैन ।
यो देश
मेरी आमाले आत्महत्या गरेको देश
तिम्री आमाले आत्महत्या गरेको देश
सबैकी आमाले आत्महत्या गरेको देश
यो मेरो देश
यो तिम्रो देश ।
मेरी आमाले जन्मिनलाई अहिले कुनै देह पाइरहेकी छैनन्
अशान्त आत्मा फेरि मान्छे बनेर जन्मनै सकिरहेकी छैनन्
यी असारहरू , साउनहरू ,
भित्ताको काँटीमा टाँगिएका क्यालेन्डरहरू
मेरी आमाका सास हुन्
कृष्णभिरमा खसिरहेका यी पहिरोहरू
बागमति छेउछाउ पसिरहेका यी बाढीहरू
यी आमादब्लममा फुटिरहेका हिमनदीहरू , तालहरू
मेरी आमाको आत्मा पसेर
रोइरहेका आँखाहरू हुन्
यी खडेरीले चिरा परेका जम्मै जम्मै काकाकुल फाँटहरू
मेरी आमाको तृषित घाँटी हुन्
तिमीले अझै देखिरहेका यी तुइनका तारहरू
मेरी आमाको हत्केलाका रेखाहरू हुन्
यी रुँदै रुँदै सुँकसुँकाउदै बगिरहेका भेरी , कर्णाली
मेरी आमाको रक्तश्राव हुन्
यी माटो , सिमाना , भूगोल सबै
मेरी आमाको निधारको खुम्चँदै गएका रेखाहरु हुन्
यी हुम्ला , जुम्ला , रुकुम , रोल्पा सबै
मेरी आमाको चाउरिदैँ गएका गालाहरू हुन्
यी फेवा , रारा , फोक्सुण्डो
मेरी आमाको गहिरो पीडा जमेका
आँखाका नानीहरू हुन्
बादलको गडगडाहट
यो बतासको एकतमासको सरसराहट
मेरी आमाको हजारौं बर्षदेखी दबिरहेको आवाज हो
यी मूर्ती , सालिक , बुख्याँचा सबै
मेरी आमाका जीब्रोहरू हुन्
तिम्री छोरीको यो रोइरहेको आवाज पनि
मेरी आमाको ओठहरू हुन्
यो देशका प्रत्येक -एक
मठ , मन्दिर , महल , निवास , दरबार सब्बै
मेरी आमाको एक - एक टुक्रा हाडहरू हुन्
यो भुइँकुहिरोले छोपेको साँझको आकाश
मेरी आमाको शरीरको छाला हो
यहाँका जम्मै बाटाहरू ,सडक , राजमार्गहरू
मेरी आमाको फुटेका कुर्कुचा हुन्
यो बूढो घन्टाघर मेरी आमाको कम्मर हो
यी गह्रौभन्दा गर्हौ अग्ला अग्ला पहाडहरू
मेरी आमाको पिठ्युँ हुन्
यी सेतै फुलेका आरूका फूलहरू
मेरी आमाको कपाल हुन्
यी लिची , कटहर , आँप
मेरी आमाका दाँतहरू हुन्
यी खेत , बारी , बगैचा , कान्ला , आली
मेरी आमाका औंलाहरू हुन्
यी लेक बेँसी , उकाली ओराली
घट्ट , पधेँरो , चुल्हो , गोठ
मेरी आमाका हातहरू हुन्
यी सुकेका पात , च्यातिएको कागज , फुटेका काँच
सर्प , गगंटा , हिउँ चितुवा सबै
मेरी आमाको एक एक इन्द्रिय हुन्
हरेक युगमा
जन्मदैँ आत्महत्या गर्दै मर्नुपरेकी मेरी आमा
थाहा छैन आत्महत्याअघि
कहाँ , कसरी र कतिपटक मरिसकेकी थिइन्
सायद,
नदीमा हाम फालेकी भर्जीनिया वुल्फ मेरी आमा हुन्
स्कार्फमा झुन्डिएकि केट स्पेड मेरी आमा हुन्
दसौं तल्लाबाट हाम फालेकी आर्वा सलाह मेरी आमा हुन्
कन्चटमा गोली ठोकेकी नाओमी जड मेरी आमा हुन
बिष पिएकी रचहेल रोबर्ट्स मेरी आमा हुन्
आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी केभी चेन्ज पनि मेरी आमा हुन सक्छिन
जलसमाधी लिएकी योगमाया न्यौपाने पनि मेरी आमा हुन सक्छिन
अथवा यी कोही नभए केही नभए
म छातीमा हात राखेर भन्छु
आगोमा जिउँदै चढेका ती लाखौं हजारौं सतीहरू मेरी आमा हुन्
तिमीले अहिले बाँचिरहेको वर्तमान
मेरी आमाले उहिल्यै बिताएका दिनहरू हुन्
तिमीले अहिले सोचिरहेका सबै विचारहरू
तिमीले अहिले देखिरहेका सबै सपनाहरू
मेरी आमाले उहिल्यै निदाएका रातहरू हुन्
तिमीले अहिले गुनगुनाइरहेको गीत
उहिल्यै मेरी आमाले भात पकाउँदा निस्किएका
कसौडी , कराइ र गाग्रीका आवाज हुन्
तिमीले अहिले खाइरहेको सबै खानेकुरा
उहिल्यै मेरी आमाले छरेका कोदोका बीउहरू हुन
मकैहरू हुन् , फापरहरू हुन
तिमीले अहिले चपाइरहेका जम्मै स्वादहरू
उहिल्यै मेरी आमाले निलेका जंगली च्याउहरू हुन्
निउरो हुन् , कर्कला हुन्
तिम्रा जात्रा , पर्व , उत्सब सबै
उहिल्यै मेरी आमाले बाँचेका दुखहरू हुन
यी हिलो , रोपाइँ , झरी
सयपत्री , खरघाँस , रातोमाटो
उहिल्यै मेरी आमाले मानेका सुखहरू हुन्
यो ह्यातुङ झरना
जमिनको ढुङ्गामा ठोक्किदाँ निस्कने ध्वनी
उहिल्यै मेरी आमाले पूजाकोठामा जपिरहने मन्त्र हो
तिमीले प्रभातमा सुन्ने जम्मै चराचुरुङ्गीका चिरबिरहरू
उहिल्यै मेरी आमाले वनपाखामा गुनगुनाइरहने
घसिँया गीत हो
तिम्रा यी अध्याँरा , सुस्केरा , मौनता
तिमीले अहिले पढिरहेको यो कविता
उहिल्यै मेरी आमाले आत्महत्याअघि उच्चारण गरेका
अन्तिम शब्दहरू हुन्
यो मेरो देश
यो तिम्रो देश
जहाँ
अझैपनि असंख्य आमाहरू
नाभिमै आत्महत्या गरिरहेछन्
यो देशको आकाशमा
पन्छीहरूको पखेटा
कागजको चन्द्रमामा टाँसिन्छ
र, म यो खण्डहर देशमा
मेरी आमाको आत्महत्याको नक्सा बोकेर
आफ्नै छायासँग प्रश्न गर्दैछु —
यो देश कसको हो?
यो आत्महत्या कसको हो?
पन्ध्र बर्षपछी
समुन्द्र जस्तो
गहिरो आँखा चिम्लिएर...
निधारमा झरेको कालो कर्ली कपाल-
सुकोमल हातले पन्छाउदै...
के अझै पनि...,
लजाउछीन होला त्यसैगरी ?
जसरी लजाएकि थिइन
पन्ध्र बर्ष पहिले-
'विल यु बि माइ भ्यालेनटाइन' भन्दा
जुन पीडा अहिले ;
तिम्रो हिस्सामा परेको छ
भोगिरहेका छौ
बाँचिरहेका छौ
हुनसक्छ !
तिनै फूलहरूको श्राप हो
जसलाई तिमीले
किताबका पानाहरूमा
दबाएर मारेका थियौ ।