रहर र बाध्यताको घमासान युद्द चल्दै गर्दा,
अक्सर रहरहरुको चिहान भएको छ।
बैमानहरु मखमल ओडि मस्त निद्रामा छन्
इमानि हरु एक पल नसुति बिहानि भएको छ।
#ADwrites#gajal#nepali#sahitya
मैले बुन्न नसके, सियो तिमी चलाइदिनु, टुक्रिएको मनमा, फेरि धागो टाँसिदिनु।
मैले पुग्न नसके, एक हात तिमी थपिदिनु, थाकेका पाइलामा, साथको स्पर्श दिइदिनु।
मेरो सिमेन्ट, बालुवा, अधुरो संरचना छ, इँटाको आकारमा, सपनाको रङ्ग थपिदिनु।
मेरो अन्धकारमा, सानो झिल्को बनिदिनु। ❤️
मैले एक बर्ष जति अघि जोर्ज सोरोसको नेपाली मिडियामा लगानी भएको बिषयमा कुरा उठाउदा यिनी यसै गरी मेरो बिरुद्धमा उत्रिएका थिए । मानौ सोरोसको फन्डले यिनको परि���ार धानेको छ। अहिले USAID मार्फत विश्व भरि गएको पैसा "फ्रड" भएको समाचार बारे मैले अमेरिकी सरकारकै पोर्टललाई आधार मानेर बनाएको समाचारले पनि यिनको ज्वरो बढेको रहेछ। उल्टै मलाई नै "extrimist christian का एजेन्ट" सम्म भन्न भ्याएछन यिनले। जब जब सोरोस र बिदेशी फण्ड नेपालमा गलत प्रयोग भयो भन्ने कुरा उठ्छ, किन यिनी र यी जस्ता "अगुवा" हरुको मुटुमा ढ्यांग्रो बज्छ त्यो बुझ्ने बेला भएको छ। बिदेशीको पैसा खाएर नेपालमा रजगज गर्ने हरु को रुवाबासी हेर्न लायक छ। ति दिन सकिए अब, मखुण्डो उत्रिदैछ
डर छैन मलाइ त्यो हुरिको,
तुफानमा पनि नाच्ने गरेको छु !
रुदिँन सानो काँडाले कोप्दैमा
महोदय, मुटुमा किला गड्दा पनि हास्ने गरेको छु!!
#sahitya#ADwrites#nepal
धुलो मा हिड्ने बानि भएको
आज चिल्लो सडक पेटि,
उस्तै रँगका घर देख्दा हराएँ म
चक्का जाम र गाडि को ट्याट्याँ
सुन्ने बानि परेको म
आज सुनसान गल्लिहरु देख्दा डराएँ म
बालेन तिमी राजिनामा देउ
#sahitya#balen#Trump