आज प्रहार गरिएको जुत्ता त प्रचण्डकै हो रे त 👀👀
पहिले प्रहरी को भिडन्त मा ज्यान जोगाउन भाग्दा फू्त्केको जुत्ता सेरेले टीपेर राखेको रहेछ अनि आज बुझाइदेको रे 😂😂
गुँडुमा बम पड्किएको जस्तो आवाज 😄
प्रचण्ड “मिलन अभियान” लिएर उतै पुगे कि क्या हो?
एमालेसँग गठबन्धनको सुरुवातमै घण्टी बज्यो 🔔😂
रास्वपा मख्ख—“देश घण्टीमय!”
तर नउफ्रिनुहोस् है, आजको आवाज त मन्दिरको घण्टी—स्वस्थानी कथाको सुरुवात पनि हुन सक्छ। 😅
#trending#nepalpolitics#news
तिमी, म, हामी सबैको यात्रा त अन्ततः शून्यतामा पुग्दोरहेछ,
घमण्ड र सम्पत्तिको लोभ किन चाहिन्थ्यो, केका लागि साँचिँदो रहेछ?
अन्त्यमा सम्झनाले मात्र टिक्छ, बाँकी सब समयसँगै बग्दोरहेछ,
मायाले जोडिएका मनहरू नै अन्ततः जीवनभरी सजिलै रहँदो रहेछ।
पलमै नजिकिँदो रहेछ, पलमै टाढिँदो रहेछ,
बरु मौसम नै मायाका रंगहरूभन्दा कम बदलिँदो रहेछ।
जिन्दगीले आजसम्म सिकाएको सत्य यत्ति मात्रै रहेछ
एक छाक खाएर पनि मानिस यहाँ सहजै बाँचिँदो रहेछ।
Full comment …
आज बिहान टेलिभिजन खोल्दा सरकारको “देश बदलिन्छ” सुन्दा लाग्छ—खबर कि कमेडी शो? सडकका खाल्डा, बिजुलीको अन्धकार, भाषणको उज्यालो योजना—सबै एडल्ट कन्टेन्ट जस्तो: सुन्ने धेरै, देख्ने कोही छैन। हामी भोट दिन्छौं, हाँस्छौं, तर विकास अझै “ब्रेकपछि”! 😆🇳🇵
😂 नेपाल vs कतार हेर्दा यस्तो भयो! 🏏🔥
खेल हेर्दा खाना पाकिरहेको थियो, cooker ले बोलायो तर मैले सुनेँन 🙈
नतिजा: ग्यास सकियो, cooker बिग्रियो 😅
नोक्सान: लगभग 10,000
छेतिपूर्ति मलाई कोसले दिन्छ? 😭
CAN LAAI ध्यानाकर्षण गराउनैपर्छ जस्तो छ 😆
#NepalVsQatar#CricketMood
सत्ता पल्टियो कि स्ट्याम्प पल्टियो? 😂
आज प्रशासनिक इतिहासमा सानो मोड—माननीय ज्युले बिष्णु बहादुर ज्युलाई स्वकीय उपसचिव नियुक्ति गरे। पत्रको स्ट्याम्प अलि टिल्ट/झुक्यो। उल्टो भए पनि नियुक्ति पक्का। तपाईंको मत के छ? 😂
#Nepal#GovernmentUpdate#Niyukti#FunnyPost
आज संविधान दिवस।
यो केवल मिति होइन, हजारौं नेपालीको रगत र बलिदानले लेखिएको इतिहास हो।
संविधान केवल कागज होइन, शहीदको सपना, आमाको रुवाइ र हाम्रो भविष्य हो।
हामीले ढल्न सक्दैनौं—यो हाम्रो पहिचान, आशा र भविष्य हो।
जय संविधान। जय नेपाल।