देशमा केहि भएन भन्ने भाष्य स्थापित गरि आवधिक निर्वाचनको लागि दुई वर्ष कुर्न नसकी देश जलाएर खर्बौको नष्ट गरि सरकारमा आएकाहरुको १०० दिनको उपलब्धि जनता लाई भ्रमित पारी बाढेका सपनाको तूलनामा पूर्ण असफल!! २ वर्ष कुर्न नसकेका जनताले ५ वर्ष पर्ख र हेर पक्कै गर्ने छैनन ।
नेपालको सार्वभौम संसदमा उभिएर नेपाल राष्ट्रको हित प्रतिकुल भारतीय स्वार्थ अनुरूप भारत लाई फाइदा पुग्ने गरि राष्ट्रघाती अभिव्यक्ति दिने बालेन नेपालको प्रधानमन्त्री रही राख्न योग्य छैनन ।
आज शक्तिशाली सरकारले न्यायालय डामेको हिजोका मौन समर्थनले समेत हो त्यसैले एउटा लाई खाने बाघले आज अर्को लाई पनि खायो र भोली अझै नयाँ धेरै लाई पनि खान्छ होला ।
संसद विघटनको वैधानिकता, रविको संगठित अपराधको अभियोग फिर्ता, महान्यायाधिवक्ताको अयोग्यता, केपि ओली र लेखक विरुद्ध प्रतिशोद साध्दा, सुकुम्बासीको आवासको हक खोस्दा, विद्यार्थी र श्रमिकको संगठित हुने हक खोस्दा समेत न्यायालयले शक्तिशाली सरकार विरुद्ध डर नमानी आदेश दिन सक्नु पर्दथ्यो ।
रास्वपाका थिङ्क ट्याङ्क सदस्य भनेर चिनिएका मेगबहादुर आलेले २५ रोपनी भन्दा बढी सरकारी जग्गा (सामुदयिक वन) अतिक्रमण गरी सिन्धुपाल्चोक, बाह्रबिसे–६ मा सञ्चालन गरेको बोर्डरल्याण्ड रिसोर्ट
आफ्नो सामान सार्न पर्याप्त समय समेत नदिई सुकुम्बासी बस्तीमा बालेन सरकारले डोजर आतंक मच्चाउदा एक शब्द पनि बोल्न नसकेका यी सांसदले तत्काल कब्जा गरेको भूमिमा ठडाएको घर आफैले भत्काएर जग्गा खाली गरि सरकारको अभियान लाई साथ दिउन ।
प्रतिपक्ष बिहिन शक्तिशाली सरकार, मौन नागरिक समाज र निरिह जनताको आत्महत्या !! सुकुम्बासी बस्तीका हजारौ बच्चामा राज्य प्रतिको घृणा र बिद्रोहको लागि बिऊ बालेन सरकारले नै रोप्दै छ यसको नतिजा केहि वर्षमा भाद्र २४ को विधंश भन्दा धेरै ठुलो हुनेछ ।
नयाँ मन्त्रीका सम्पत्ति विवरणमा किन आपत्ति ? सक्नेले सम्पत्ति जोडछन भन्ने सोच भएका व्यक्तिहरु लाई मात्र ।
नयाँ मन्त्रीहरुले आज सम्म कति आयकर तिरेका छन भन्ने विवरण बुझाउनु पर्यो । नेपाली ३०-४० वर्ष उमेरका युवाको औशद तलब कति छ ? दोश्रो पुस्ताका व्यापारीको भन्दा बढी सम्पत्ति कसरी ?
लामो समय सांसद, मन्त्री बनेका नेता लाई सम्पत्ति सुद्धिकरणको डण्डा लगाउँदा नयाँको पनि श्रोत खोजौ । नेपालमा औशद ३०-४० वर्षको व्यक्तिलाई सामान्य गाडी चढन र १० लाख बैंक ब्यालनेस हुन कठिन छ तर नेपो बेबीको विरोध गर्ने र हाम्रो युवा पुस्ताको प्रतिनिधित्व गर्ने मन्त्री सँग यति धेरै कसरी?
नयाँ सरकारको आज पूर्व प्रम केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गर्ने निर्णय सँगै नेपाल पाकिस्तानी मोडलको राजनीतिमा प्रवेश गरेको छ । आज सत्तामा हुनेहरु पनि छिटै सडकमा हुनेछन । समय सबैको आउछ, सत्ता प्रतिशोध साध्ने साधन मात्र हुनेछ ।
शक्तिमा पुगेको जोशमा आवेसमा आएर संयमता कसैले नगुमाउनु। नयाँ प्रम र गृहमन्त्रीले परिपक्कता देखाउन। आज केपि ओली र रमेश लेखक लाई पक्राउ गर्दा आन्दोलन चर्किएर भोली कसैले सिंहदरवार र संसद भवन आगजनी गर्न जाँदा अहिलेको सरकारले चुपचाप आगजनी गर्न दिने हो? प्रहरीले प्रतिकार गर्न नपाउने हो?
@tikaramyatri भाद्र २३-२४ पश्चात आन्दोलन आह्वानकर्ता र बालेन समेत डराएर लुकेका अवस्थामा सुदन गुरुङ आन्दोलनको जस-अपजस भोग्ने गरि फ्रन्टमा आएका थिए । सहज हुँदा मात्र हैन असहज परिस्थिति समेत सामना गर्न सक्ने व्यक्ति लाई नै राजनीतिले अवसर दिन्छ । सुदन लाई गृहमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई ।
भाद्र २३-२४ पश्चात आन्दोलन आह्वानकर्ता र बालेन समेत डराएर लुकेका अवस्थामा सुदन गुरुङ आन्दोलनको जस-अपजस भोग्ने गरि फ्रन्टमा आएका थिए । सहज हुँदा मात्र हैन असहज परिस्थिति समेत सामना गर्न सक्ने व्यक्ति लाई नै राजनीतिले अवसर दिन्छ । सुदन लाई गृहमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई ।
वालेन्द्र साह लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना । अघिल्लो सरकार लाई जस्तो नेपालमा केहि भएन भन्ने गुनासो र घरको ट्याकीमा पानी सकिदा समेत बालेनको दोष भन्दै गाली नगर्ने गरि सम्पूर्ण नेपालीले परिवर्तन महसुस गर्न सकुन ।