ईद मुबारक !
इस्लाम धर्मालम्बीहरूको पवित्र पर्व ईद उल फित्र (ईद) को अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति तथा पूर्व जिल्ला विकास समितिका सभापति आदरणीय गोविन्दबहादुर मल्लज्यूको असामयिक निधनको खबरले अत्यन्त दुखि बनाएको छ । दिवंगत आत्मा प्रति हृदयदेखिनै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
युलेन्स एजुकेसन फाउन्डेसन र बनेपा नगरपालिकाद्वारा आयोजित ‘जलवायुको रक्षा, भविष्यको सुरक्षा’ बृहत् वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री @Arzuranadeuba ज्युसहित सहभागि भई, सगरमाथा संवादबाट सुरु भएको “सगरमाथा वृक्षरोपण अभियान”लाई निरन्तरता दिएका छौ।
कर्णाली प्रदेश स्थापना एवं सहिद दिवस-२०८२ को उपलक्ष्यमा सम्पूर्ण कर्णालीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्तगर्दछु !प्रदेश स्थापनार्थ ज्यानदिने वीर सहिदहरु घाइते,अपाङ्ग जीवन बिताइरहेका व्यक्ति एवं परिवार र कर्णालीवासीमा उच्च सम्मान व्यक्तगर्दछु !
I had the pleasure ofmeeting Dr. JamesFletcher,CARICOMClimateEnvoy and former Saint Lucian Minister, on the sidelines of the “HKH Parliamentarians’ Meet.”Wediscussedforging a common voiceforurgent climate action, resonating from mountans to the seas, and from highlands to islands
"सम्माननीय रास्ट्रपति ज्यु, माननीय परराष्ट्र मन्त्रीज्यु, सांसदहरू र विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजित 'HKH Parliamentarians’ Meet' को उद्घाटन सत्रमा सहभागी भई मैले जलवायु संकट, जैविक विविधता संरक्षण र वायु प्रदूषण नियन्त्रणमा सांसदहरूको भूमिकाबारे प्रकाश पारेको छु।"
नेपाली कांग्रेस नेता एवं पूर्व गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ज्युको निधनको खबरले अत्यन्त दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु। साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।