हन मैले नबुझेको कुरो क्या ।
भाटभटेनी बाट चोरेको समान बाँकी भ�� त फिर्ता गर्ला ।
घिचि सकेको, आन्द्रामा गलिसकेको चाइ कसरी फिर्ता गर्ला के ! की लादी नै निकालेर लान्छ लानेले ? 😂😂😂
एउटा विदेशीले नेपालीलाई भन्याथ्यो अरे - तिमी नेपालीहरु कति भाग्यमानी परिश्रम र मेहनतको पसिना निधार बाट चुहिन्छ ।
नेपालीले उदास हुँदै भन्यो अरे - यो पसिना हैन हजुर यो त नेताले हाम्रो भाग्यमा मुतेको हो ।
यै त हुने होला नि ।
हन कति ��्याङ ल्याङ गरेको के ?
भो संसद विघटन नगर । फेरि ओलीलाई सत्ता देउ । तिनका भरौटे ले जस्तै दबाबमा राजीनामा देको हुँ । मेरो राजीनामा फिर्ता लिएँ भन्न बरु मै लगाउँछु ।
मेरो श्रीमतीसँग झगडा भयो। ससुराज्यूले सासूआमा, दुई जना साला र एक जना सालीलगाएर कमिटी गठन गर्नुभएको छ। मलाई यस कमिटीबाट न्याय पाउने पूर्ण आशा छ।
नोट: अहिलेको देशको परिस्थिति संग मेल खाए संयोग मात्र मान्नु होला ।
GenZ का आपसि खिचातानीले बल दुर्गा प्रसाईं को कोर्ट���ा पुर्याउदै छ ।भोलि सम्म प्रसाईं का भित्री नजिक प्रचण्ड वा राजामा सत्ता गए आश्चर्य नमान्नुहोला । छिमेकीले पनि त्यतै संकेत गरेका छन् ।
बनकुखुरो को शिकार गर्न गाको GenZ ले बाघ मारेपछि न बोकेर ल्याउन सक्छ न खान सक्छ।
इण्डिया ले पनि यो आन्दोलन २ दिनमा सकिनेछ भनेर सोचेकै थिएन। कम्तीमा एक हप्ता लम्बिन्छ त्यो बीचमा सम्म माहौल अनुसार कसलाई प्रधानमन्त्री बनाउने सोचौला भन्ने थियो। अब यता हामी झगडा/लफडा गर्दै गरौं, केही दिन मा उता बाट समाधान सहित प्रधानमन्त्री तोकिने छ । बस धैर्य र प्रतीक्षा गरौं ।
अस्ति भटाभट पार्टी छोडेको घोषणा गर्ने भरौटेहरुले ह���जो बाट फेरि संविधान को धारा टेकेर वार्ता गरौं भन्दै छ । आ-आफ्नो पार्टीको गुणगान गाउँदैछ । अहिलेको संविधानमा त तिनै भ्रष्टहरु आउने देखिन्छ नि ।
अब प्रधानमन्त्री प्रचंडे बन्छ conferm .
अनि ३/४ महिनामा लाचार भएर देश राजा ज्ञानेन्द्र लाई जिम्मा लगाउँछ ।
जय देश जय नरेश, भन्न सिकौ अब । यो सब माओवादी र दुर्गे को खेल हो ।