विषयको विशिष्ठितताको कारण मानवशास्त्रमा 'इथ्नोग्राफिक शोध' अनिवार्य रहन्छ। मानवशास्त्रमा 'इथ्नोग्राफिक शोध' निरन्तर गर्नुपर्ने हुन्छ। यसको लागि आर्थिक स्रोत कसले दिन्छ ? त्रि वि ले दिन्छ कि नेपाल सरकारले ? https://t.co/Xm5s4qVn3X
भएका र उम्रिदै गरेका सम्पूर्ण राजनीतिक दलहरूलाई एक अनुरोध: जवाफदेही शासन गर्छु भन्ने हो भने ९९% आफ्नो योजना र कार्यक्रममा जोड दिनुहोला र १% अन्य दलमाथिको तार्किक टिप्पणीमा।
#Nepal#GenZNepal
"२०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदम भन्यौ। जनताको ताजा जनमत लिऔ भनेकै हो। अहिले आएर मलाई खलनायक भन्दैछौ। "
सोच्दै होलान के. पी. ओली। #GenZNepal
सहादत प्राप्त गरेका युवाहरूलाई सम्झँदा मन विचलित हुन्छ। यो सहादत निरर्थक हुन दिनुहुन्न। वर्तमान शुन्यताको हल विधिवत हुनेछ भन्ने अपेक्षा छ तर सलबलाउने धेरै छन्। होसियार रहनुपर्ने छ। सामाजिक सद्भाव, सुशासन, राष्ट्रिय एकता र स्वाभिमान उच्च बनाउने जिम्मेवारी हामी सबैको हो। सचेत रहौँ।
दिवस मनाउँदै गर्दा, थातथलो तथा भूगोल र आदिवासी जनजातिको सम्बन्धबारेका आवाज थप बुलन्द होस् भन्ने कामना गर्दछु। #InternationalIndigenousPeoplesDay
https://t.co/TEXDeVf8oq
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले हाल १४ वर्षकी उर्मिला चौधरीलाई विगत ८ वर्षदेखि कमलरीको रुपमा राखी मानसिक र शारीरिक यातना तथा शोषण गरेको भनि परेको जाहेरीमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयको मुद्धा नचलाउने निर्णयको विरोध गर्दै सो मुद्धा अघि बढाउन अपिल गर्दछौँ।
नेपालको संविधानमा 'मुक्त कमैया, कम्लहरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरि बसोबासको लागि घर घडेरी तथा जीविकोपार्जनको लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुन:स्थापना गर्ने' भनिएको छ। तर... #Bonded_Labour https://t.co/E4cskwjKEG
“तपाई जस्ताहरू एक भएर जनजातिको एक राजनैतिक दल खोल्नुपर्यो भाइ।”
एक व्यक्तिले मलाई ३ पटक यसो भने।
१३/१४ वर्ष अघि एम ए पढ्दै गर्दाका एक जना सहपाठीले त विधान नै थमाएका थिए। चिया गफ पनि भयो। मैले इन्कार गरे, त्यसयता सम्पर्कविहिन छौ!
कतिवटा पाटि खोल्ने हो? कति पार्टि गर्ने हो? 😳
दुधको विक्री भएन भन्दै चितवनका डेरीहरूले धमाधम दुध संकलन स्थगन गर्न थालेका छन्। केहि महिना अघि सुनसरीमा दुध र दुग्धजन्य पदार्थको मूल्य घटाईएको थियो। यसबारे सरकारले के मूल्याङ्कन गरेको होला? संघीय सरकारले स्थानीय सरकारतर्फ औंला तेर्सायर उम्कने होला, हैन? #Chitwan