मान्छेहरु तपाईं लाई टूथपेस्ट सम्झेर
आफ्नो दाँत हैन जीवन चम्काउन प्रयोग गरिरहेका छन
याद गर्नुस
टूथपेस्ट सकिन्छनि
तब पनि छोड्दैनन्
मुनि बाट काटेर हुन्छ अथवा च्यातेर
पेस्ट निकालेर,निखारेर अनि मात्र डस्बिनमा फ्याकिदिन्छन।आजै बाट सतर्क रहनुस त्यस्ता ब्यक्ती बाट र निर्णय लिनुस आजै
हाईकु ….
स्वार्थीले लुटे
तुहियो आन्दोलन
संबिधान छ ॥
के पायौ आमा
रगतको डुंगामा
नेता सफारी !!!
परिवर्तन रे
मान्छे हो की पद्दती
कुर्षी सफारी !!
मान्छे मारेर
आमाले खोज्दै छोरा
कुर्षी पायौ नी !!!
किन अन्यायले कुल्चिए पनी स्वीकार गर्नु छ
फेरी पहुँच र शक्तीको जयजयकार गर्नु छ
कोही हुदैन ठुलो यहाँ न्यायलाई वली वनाउदा
दुखी र निमुखा लाई असत्यको हली बनाउद
आखिर मर्नु छ एकदिन र पनी अहंकार गर्नु छ
सत्य र वास्तविकतालाई अस्विकार गर्नु छ ।!!
लेखकले एउटा कथाको जन्म गरायो, कपोकल्पीत भोगाई पछी अन्त्य, अनी फेरी अर्को कथाको जन्म !
यस्तै कथा जस्तो भैदिए जिन्दगी, जिन्दगी को पनी नयां अध्याय सुरु गर्न हुनेथियो।