उम्लिदै गरेको दुध बस्दैन घडा भित्र
प्रेमका मुना पलाउन्न हजुर झगडा भित्र
अरे यार तिमि जोखेर प्रेम दर्शाउछ्यौ
प्रेम अट्दैन हजुर भागबण्डा भित्र
उ पखेटा काटिएकी चरि जस्तै हो
कुनै बिद्रोह गर्नु छैन पीञ्जडा भित्र
युवकले दुख बिर्सियो देखेर उनलाई
के ओखति राखिछेउ त्यो मोहडा भित्र
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
म जीवित छु, तर मरिसकेको छु
विवाह भयो — हाँसोका फूलहरू झरिए,
तर त्यो दिनदेखि म केवल एक पात्र बनेँ —
एक राम्री बुहारी, एक चूपचाप श्रीमती,
तर कहिल्यै पनि म म आफैं बन्न सकिन।
सिन्दूर लगाएँ… तर त्यो सिन्दूर मेरो चिहानमा सजिएको थियो।
हर दिन, उनीहरू मलाई बाँस जस्तो मोड्थे,
क्रमशः
म चलिरहेको छु —
तर गन्तव्य छैन।
बाँचिरहेको छु —
तर म आफूभित्र छैन।
कहिले काहीँ,
मेरो नाम कसैले लिन्छ,
तर त्यो नाममा म हुँदैन।
सङ्लिएको एउटा सास —
त्यो पनि मेरै हो जस्तो लाग्दैन।
म त अचेल,
मेरा छायासँग पनि चिनजान राख्दिन।
त्यो साँझ -
झरी परिरहेको थियो
झरीको -
आवाजमा संगीत थियो,
र उनी बिस्तारै त्यही
झरीमा -
टहल्दै आइरहेका थिए
मुस्कानमा -
अनौठो शान्ति,
आँखामा
गहिरो कुरा लुकेको,
पहिलोपल्ट
उनले नजर मिलाए,
र झरीको बूँदजस्तै
मेरो मुटुमा कम्पन भयो,
त्यही क्षण
झरी र समय
दुवै स्थिर भएजस्तो लाग्यो।♥