मैले गुमाएको छु आफूलाई,
थाहा छ म पहिला जस्तो छैन…
हाँसो त अझै ओठमै छ,
तर मनभित्र खुशी कतै छैन।
सम्झनाले थिचिरहन्छ हरेक रात,
सायद म अब पहिलेको म नै छैन…!
❤️🩹
कहाँ पो तुलना गरिनँ
तिम्रो मुहारलाई मैले!
चरासँग तुलना गरेँ
उडेर गयो।
नदीसँग तुलना गरेँ
बगेर गयो।
हिमालसँग तुलना गरेँ
पग्लियो।
घामसँग तुलना गरेँ
अस्तायो।
तिम्रो मुहार
ऋतुजस्तै थियो
बेठेगान!
जहाँ
माघमा पनि नपर्न सक्थ्यो हिउँ
र
चैतमा पनि दर्किन सक्थ्यो झरी
जानसक्थ्यो पहिरो..!
🙂
सोच्छु यो जिन्दगीको
अन्त्य
आखिर कहाँ होला?
के मृत्यु नै अन्त्य होत?
अनी फेरी पुनर्जन्म?
त्यसपछि पनी त केही होला?
शरीर माटोमा मिलेपनी
यो आत्मा त कतै जाला नी?
फेरी अन्त्य पनी त
केहीको शुरुवात हैन र?
यदि खरानी नै
अन्तिम सत्य हो भने
यो छटपटी किन त?💔❤️🩹
यो साँझ तिमी र म
मधुर प्रकाशमा,
ताराहरूको आकाशमुनि,
हाम्रा मौनताहरु स्पर्शमा
बोलिरहेछन्
यस्तो लाग्छ
वरिपरिको संसार अदृश्य छ,
चन्द्रमा प्रेमको मौन साक्षी बनेर
कोमल र शान्त प्रकाश छरिरहेछ,
यो क्षण, प्रेमिल छ,
केवल तिमी र म
निस्फिक्रि
यो सुनसान धर्तीमा सैर गरिरहेछौं !🖤
आमा पनि फेरिने देश ❗️
'राष्ट्रिय आमा' सुशीला कार्कीले आफूलाई आमा नभन्नू भन्दै बालेनकी श्रीमती (सविना काफ्ले)लाई आमा भन्नू भनेको भिडियो हेरियो ।
तर, अहिलेसम्म कुनै विवादमा नमुछिएकी सविना काफ्लेलाई सुशीला कार्कीले विवादमा तान्न खोज्नु आपत्तिजनक छ ।
#trending
सम्भव भएसम्म
हेरिदिनु नजर झुकाएर।
सम्भव भएसम्म
मुस्कुराउनु दोबाटोमा भेट हुँदा।
सम्भव भएसम्म
सम्झिदिनु अतितका दिनहरु।
सम्भव भएसम्म
मनमा राख्नु
यो मनभित्रको मनलाई पनि।
थाहा छ -धेरै कुरा सम्भव छैन
तर खोजिहेर्नु
आफूभित्रको आफूलाई।
सम्भव भएसम्म
म पनि खोजिरहेँछु
केही सम्भावनाहरु..!