आन्दो'लनको क्रममा चोरी भएको सामान फिर्ता गर्नु भनेर टोलका युवाहरुले घर घरमा सोध्न आएपछि काठमाडौंमा एक जनाले "भात पकाउँदै गरेको Rice Cooker" फिर्ता गरेका छन्।
भदौ २८ गते रौतहटको गौर-६ स्थित लालबकैया खोलामा अन्दाजी बर्ष १० की बालिका आफ्नै आमासँग नुहाउने क्रममा डुबि वेपत्ता भएको खबर प्राप्त भएपश्चात् रौतहट पुरेनवा स्थित नारायणदल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायको सहयोगमा मृत अवस्थामा फेला पारी उक्त शव प्रहरीलाई बुझाएको छ ।
बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविका एक शिक्षक निष्कासनमा परेका छन्।
भदौ २४ गते राति भएको लुटपाटमा विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जे'लबाट निस्केको खुलासा भएको छ। नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेले देखाएको पत्र आधिकारिक नभएको पुष्टि गरेका छन्। उनले भनेका छन्, "उक्त पत्र कारागार प्रशासनसँग मेल खाने कुनै अंशमा मिल्दैन।"