विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।
आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो "तँ बसेर आएको देश हो र नेपाल पो हो" भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विद���शमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । "समाजको नियम" भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा ब��िनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।
यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आ��स्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले "नेपाल जान्छु र केहि गर्छु" भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।
Life will provide plenty of struggle and obstacles. When something good happens, no matter the scale, allow it into your life and embrace it with gratitude.
कृष्ण कँडेलको शर्मिला श्रेष्ठलाई पत्र लेख्दै प्रश्न सोध्नु भएछ : 'शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ?
कृष्ण जी यो मामिलामा हाम्रो समाज के कस्तो छ कुन सोचमा छ जान्न बुझ्न पछिल्ला दुई हाइप्रोफाइल केस समीक्षा र गौशाला २६को हेरे हुन्छ। यहाँ पीडितले साथ र समर्थन पाउनेछन् भन्ने आशा गर्नु बेकार छ।यस्तो समाजमा शर्मिला श्रेष्ठ मात्र हैन कसैले पनि मलाई ह्यारासमेन्ट गरिय��� भनेर अगाडि आउन बहुत ठूलो हिम्मत चाहिन्छ र त्यो हिम्मत जुटाउन समय लाग्छ। कतिपय अवस्थामा र व्यक्तिलाई आफू कुनै पनि मानसिक र शारीरिक हिंसाको सिकार भएको जान बुझ्न पनि समय लाग्छ। त्यसैले ३ बर्ष सम्म के हेरेर बसेको भन्ने तर्कले तपाईंको बचाव गर्न गाह्रो छ। तपाईको पक्षमा पछिल्ला दुई पीडक कै हाराहारीमा फ्यान फलोइङ छ। तपाईंको बचावमा भिड उत्रने छ। भीडले सत्य भन्दा पनि लोकप्रियता हेर्नेछ। तपा�� निर्दोष कि दोषी समयले बताउला। तर कुनै पनि महिलाले आफू पीडित भएको घटना सार्वजनिक गर्न ठूलो हिम्मत जुटाउनु पर्छ र आफ्नो इज्जत मान प्रतिष्ठा कैरियर परिवार सबै दाउमा लगाउनु पर्छ। त्यसैले सर्मिलाको आरोप आधारहिन नहोल कि!😡😡
साभार