"कोही कसैले तपाईंको कुरा काट्नुको पछाडि सामान्यतया तीन (३) वटा कारण हुने गर्छन्।
१) उनीहरू तपाईजस्तै हुन चाहन्छन् (इर्स्या)
२) उनीहरू आफूलाई घृणा गर्छन् (कुण्ठा)
३) उनीहरू तपाईंलाई चुनौतीको रूपमा देख्छन् (असुरक्षा)"
#Copied
अहिले छुटेका मध्य वहुसंख्यक स्वास्थ्यकर्मीहरु अरु खोप लगाएका स्वास्थ्यकर्मी बाँच्छन् कि मर्छन् हेरौँ अनि बाँच्ने रहेछन् भने लगाउँला भनेर बसेका हुन् । यस्ता वाह्र सत्ताइसहरुको अझ चर्को स्वर छ । हामी अग्रपंक्तिका ह्यान र त्यान । समयले सधैं एउटैलाई प्राथमिकता दिइरहन सक्दैन महाशय ।
पहिलो लहर मा- मास्क/सैनिटाइजर/पिपिई को अभाव
दोस्रो लहर मा- अक्सिजन/भेन्टिलेटर/बेड को अभाव
तेस्राे लहर मा- डाक्टर/नर्स/पारामेडिक्स/जनशक्ति को अभाव
बाँकि चिज त हप्ता दश दिन लाएर बनाउन/ किन्न पाइएला तर डाक्टर/नर्स/पारामेडिक्स हप्ता दश दिन मा न बनाउन सकिन्छ न त लाखौं करोडौं ले बन्छ