खगेन्द्रको बारेमा रास्वपा महामन्त्री विपिनको विज्ञप्तिमा आन्तरिक छानविनको कुरा पहिले लेखिएको छ। त्यसपछि मलिन भाषामा राज्यका सम्बन्धित निकायहरुबाट अविलम्ब छानविन हुने विश्वास छ लेखिएको छ। सरकारी छानविनको बारेमा यति मलिन र नरम भाषा किन ? विश्वास किन ? माग नै गर्नुपर्ने होइन र ?
राक्षसलाई जोगाउन सरकारले नुवाकोटकी ती महिलालाई पक्राउ गर्न सक्छ । रगत पिउने पार्टीले ती महिलालाई धम्की दिएर वयान फेर्न लगाउन सक्छ । ती महिलालाई सरकार र रगत पिउने पार्टीबाट जोगाउन नागरिक स्तरमा तुरुन्त पहल गर्नुपर्छ । मानवअधिकारवादीहरुले ती महिलाको घर घेरा हालेर बस्नुपर्छ ।
राजकुमार रेग्मी लेख्नु हुन्छ-जवाफ खोजिरहेका यी प्रश्नहरु-
0️⃣ खगेन्द्र सुनारको घरमा छापा मारियो कि मारिएन ?
0️⃣ हिजो राति नै छापा मार्नुपर्ने हो कि होइन ?
0️⃣ छापा मारेर फोन तथा इलेक्ट्रोनिक डिभाइसहरु बरामद गरियो कि गरिएन ?
0️⃣ दुर्गा प्रसाईंको पूरै परिवारको फोन जफत, चोलेन्द्रको फोन जफत तर खगेन्द्रको...
0️⃣ पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ?
(खगेन्द्रले रगत पिउन सक्छन्)
0️⃣ खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ?
0️⃣ अथवा, नक्कली अडियो हो भने नक्कली बनाउनेलाई पक्रियौ कि पक्रिएनौ ?
जवाफ नआउने तर प्रश्न गर्न पाइने युगमा छौं हामी । प्रश्न अरु धेरै छन् ।
🔕सँगै आएको अर्को प्रतिक्रिया -
किशोर श्रेष्ठ, दुर्गा प्रसाईं, चोलेन्द्र राणाको तत्कालै सबै फोन जफत हुन्छ तर घर खानतलासी गरेर फोन डिभाईस आदि जफत भयो? आधा रातमा पक्राउ गरियो?
हुंदैन किनकि यहाँ क़ानून २ थरी छ।
सरकारले ती महिलाको घरमा छापा मारेर सबै प्रमाण नष्ट गर्न सक्छ, उनको फोन, ल्यापटप लगायतका डिभाइस जफत गर्न सक्छ । अहिलेको पहिलो आवश्यकता ती महिलालाई सरकारबाट जोगाउनु हो ।
ती महिला नेपाली कांग्रेसकी हुन् भन्ने कुरा आएको छ। उनको सुरक्षाका लागि कांग्रेसले विशेष पहल लिनुपर्छ ।
खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको किन ? खगेन्द्र फरार छन्, सार्वजनिक कार्यक्रममा सहभागी बन्ने कुरै आउँदैन। बरु, तुरुन्तै सम्पर्कमा आउनु, सार्वजनिक हुनु, अफ गरेको फोन अन गर्नु भनेर निर्देशन दिनु ।
रगत पिउने पार्टी अहिलेसम्म बोलेन, रगत पिउने पार्टीका नेताहरु अहिलेसम्म बोलेका छैनन्।राक्षसलाई सरकारले लुकाइसकेको छ।राक्षसको फोन अफ छ बन्ने खबर आएको छ।अब यो सरकारले ती महिलालाई सिध्याउन सक्छ अथवा ‘उहाँ राक्षस होइन भगवान हो’ भन्न लगाउन सक्छ।सबैभन्दा पहिले ती महिलालाई जोगाउनुपर्छ।
निम्न डाइलग कसलाई सुहाउँछ ?
—बरु यमराजले छाड्ला, म छाड्नेवाला छैन
—म राजनेता, बाँकी सबै झोले
—म मालिक, बाँकी सबै दास
—यो पार्टी मेरो निजी सम्पत्ती हो
—मेरो विरोध गर्ने जति विदेशी दलाल हुन्
—म रहन्न भने पार्टी पनि रहन हुँदैन
—म नै पार्टी हो
—आफ्नो पार्टीको दाहसंस्कार म आफैं गर्छु
विश्वको सबैभन्दा ठूलो टाट्ना (भेडाबाख्राको गोठ) नेपाल हो । नेपाली जनताको ठूलो संख्या भेंडाबाख्रा जस्तो छ ।
यस्तो बुद्धिहीन जनतालाई सजिलै मूर्ख बनाएर पछाडी लगाउन सकिन्छ ।
नेपाल वफर स्टेट होइन तर बालेन सरकारले असंलग्न, स्वतन्त्र र तटस्थ परराष्ट्र नीति अपनाउँछ भने हार्दिक समर्थन। चीनबाट पनि पारवहन सुविधा लिन्छु भनेको छ, हार्दिक समर्थन। विदेशी सैन्य गठवन्धनमा नजानेमा हार्दिक समर्थन।
अब बोले अनुसारको काम गर्नुपर्यो, सुनजस्तो काम र कुरा गरेर हुँदैन।
जवाफ दिने नै जवाफदेही सरकार हो। जवाफ नदिने गैरजिम्मेवार सरकार हो। नयाँ गृहमन्त्रीको उर्जा गजब छ। जवाफदेही बन्नुभएन भने यो उर्जाले स्वयं उहाँलाई हानी गर्छ। गाडी सम्बन्धमा उठेको प्रश्नको जवाफ दिनुस्।
बालेन सरकारका मन्त्रीहरुले प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ दिने आशा गर्छु ।
बालेनले देशलाई दामी बनाउँछन् भने पूर्ण समर्थन र सहयोग। तर, समाज चाहिँ कुनै पार्टीले बनाएर बन्दैन, सबै मिलेर बनाउने हो। राजनीतिको आडमा समाज भाँड्ने काम नगरौं। राजनीतिमा विरोध समर्थन हुन्छ, त्यही आधारमा समाजमा प्रदूषण फैलाउने काम नगरौं।
नयाँ खालका राक्षसहरुलाई कारवाही गरियोस्।
हाम्रो देशका Gen Z ले गरेको आन्दोलनमा TOB gang के गर्दै थियो? किन आयो? कताबाट आयो?
यो प्रश्न सायद हरेक देशप्रेमी नेपालीको मनमा उठिरहेको छ।
आशा छ, यस विषयमा गृहमन्त्रीले निष्पक्ष छानबिन गरी सत्य तथ्यसहित जनतालाई छिट्टै स्पष्ट जवाफ दिनुहुनेछ।
समाज कति विकृत भएको छ यो बैनीको भिडियोमा आएका कमेन्टस् हेरे थाहा हुन्छ । आउनुहोस्, हामी सबै मिलेर महिलामाथि हुने यस्तो objectification विरुद्ध आवाज उठाऔं। सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम हो, अपमान र वस्तुकरणको होइन।
#RespectWomen#StopObjectification#SpeakUp
बेग्लै महिला मन्त्रालय चाहिँदैन। महिला मन्त्रालय चाहिन्छ भने पुरुष मन्त्रालय पनि चाहिनुपर्ने हो।
हरेक मन्त्रालयले महिलालाई विशेष प्राथमिकतामा राखेका हुन्छन्। हरेक कार्यक्रममा महिला सहभागितालाई ध्यान दिएको हुन्छ। महिला शशक्तीकरण एउटा मन्त्रालयको मात्र काम होइन, सबैको साझा काम हो।
एमालेले चुनाव परिणामको समीक्षा कहिलेबाट गर्ने ? समीक्षा गर्दा पार्टी नेताहरू क-कसको थुतुनोले कति योगदान गर्यो भन्ने पनि समीक्षा गरे राम्रो ।
एमालेको भोट 'बढाउन' थुतुनो हरूको ठूलो योगदान छ ।