अनेकन मेहनत र समन्वयबाट समाज सन्तुलनमा रहेको हुन्छ । सन्तुलित समाजमा विना मेहनत शासन गर्न आएका आइकनहरूले असाधारण परिस्थितिमा क्षमता देखाउन सक्दैनन् जसको परिणाम हिजोआजको घटना हो ।
गैरराजनीतिक व्यक्तिको हातमा देशको राजनीति ।
पछिल्लो हिंसा सम्बन्धमा,
सुरक्षा संयन्त्र भन्छ:- सुरक्षाकर्मी थपेर मात्र समस्या समाधान हुँदैन, राजनीतिक हल निकाल्नु पर्छ नभए अन्य जिल्लामा फैलिन्छ ।
तर राजनीतिक हलतिर भौमानहरू लाग्दैनन्,जान्दैनन,किनकी उनीहरू राजनीतिक व्यक्तिहरू होइनन्, कन्टेन्ट क्रिएटर र मिडिया आइकनहरू हुन।
जलाउनेलाई
निभाउन आउँदैन,
भड्काउनेलाई
सम्हाल्न आउँदैन,
मराउनेलाई
जोगाउन आउँदैन,
राक्षस र दानवलाई
दासहरू भए पुग्छ, भक्ति भए पुग्छ,
दासहरूलाई लीला र चटक हेर्न पाए पुग्छ।
सुल्फा,
सुल्फालाई जातीय, धार्मिक वा अन्य द्वन्द्व होस बाल छैन,
सहिष्णुताको अपिलमा एक शब्द आउँदैन,
किनकी उनलाई थाहा छ
दासहरूकको कमी छैन, भक्तिमा मन्त्रमुग्ध छन्
ताली हग्दा पनि बजाउँछन्, पुछ्दा पनि बजाउँछन।
नेताहरूलाई काम गरे पछि देवत्वकरण गरिन्छ ।
तर हाम्रोमा अहिले,
काम गर्ने आशामा, काम नगरेका अक्षम र चटकी मान्छे देवत्वकरण भए,सुपरहिट भए।
तर ती देवताहरू, काम गर्नु परको कुरा कामको मेसो सम्म पाएका छैनन् ।
दासले सोचे जसरी भारतमा आन्दोलन सफल हुँदैन,
१. आन्तरिक प्रशासन बलियो छ ।
२. आन्दोलनमा विदेशीको सहयोग छैन ।
३. सुरक्षा निकाय विकाउ छैन।
४. एल्गोरिदमले काम गर्दैन।
५. जलाएर शासन गर्ने रहर भारतीयमा छैन ।
६. भारतीयहरू देशलाई माया गर्छन्।
नयाँ छौं, अनुभवको कमि होला तर नियतमा समस्या छैन भन्यो काम विगारेको छ बिगारेको छ।
केटाकेटीलाई हात बसाल्न देको कापिमा जथाभावी केरे जस्तो ।
अनुभव हासिल त होला नहोला तर बादरले खेत सत्यानाश पारेजसरी देश सत्यानाश पार्ने देखियो।
दासहरू,
तम्तयार छन्,
कर बढेको बिजुली बिल तिर्न
शिक्षाको फिस भर्न
ऋणमै डुब्न किन नपरोस,
भौमानको वचन काट्न भएन
बरू आफू अनि देश नै डुबोस
तर भौमानको मान घट्न दिनुभएन,
भौमानलाई असफल हुन दिन भएन।
एउटा व्वाँसो,
जसले मृगको खुट्टा खायो
बदलामा वैसाखी दियो
तर मृग खुट्टा बिर्सिएरै
व्वाँसोप्रति कृतज्ञ छ
व्वाँसोकै भक्ति गर्दैछ
एक थान वैशाखीमा।
(प्रसंग-शासक,मृतक जेन्जी र एक थान सांसद)
भौमानहरूको चर्तिकला
१.मामिला डाइभर्ट गर्न अर्को फण्डा निकाल्ने,
२.आफ्नो असफलता ढाक्न इतिहासलाई दोष दिने,
३.प्रश्नकर्तालाई शत्रु ठान्ने
४ . आफ्नो अनुकुल नलेख्ने पत्रकारलाई १२ भाई भन्ने
(चुपचाप,आत्मघात)