०४८ तिर गणेशमानले मेरो लौरोले चुनाव लडेपनि जितिन्छ भने, त्यो एक विम्व थियो ।
०८२ मा पिसाब फेरेको हेरालु, क्यामेरा, माईक तेर्स्यालुलाई नै चुनावमा उठाई प्रयोग गरियो र जितियो पनि ।
०८३ – देख्यौ नि नजिता?
बजेट आउँदैछ । आजकालको प्रविधि गज्जबको छ । कुनै समयमा जनार्दन शर्मा अर्थमन्त्री हुँदाको मेटिएको वा मेटाईएको सिसिटिभी फुटेज रिकभर गरेर त्यसबेलाको बजेटमा अनधिकृत रुपमा हेरफेर गर्ने गराउनेलाई समाउन सकिए यो सरकारलाई साँच्चिकै प्रविधिमैत्री सरकार मान्ने छु ।
हर्क साम्पाङलाई धेरैले खिसीट्यूरी गरे । उनको बोलीको बारेमा धेरै नै नकारात्मक केमेन्ट गरे । हिजो उनले जुन बोल्यो त्यसमा दुई सकारात्मक कमेन्ट पनि जाओस् न ।
०८२ माघ १० देखिका दिनहरु अत्यन्तै असह्य खालका रहे ।
घात–अन्तरघात–विश्वासघात आदी सबैको ठूलै अनुभव गरियो ।
स–साना मानवीय हेलचक्र्याईंले निम्त्याउने ठूलै पाठ पनि सिकियो ।
।
त्यतिका सहकारी ठग्ने र शिंह दरबार जलाउने अपराधी हरु को अनुहार कस्तो रैछ भनेर हेर्न मान्छेहरु ओइरिएका छन्।
ई सबै हाम्रा भोटर हुन् भनेर घण्टी पार्टी मख्ख !
राजाराम तन्डुकार, थप २० मिटर नदी मापदण्डको विरोधमा मोर्चामा आउने विभिन्न अभियन्ताहरु मध्ये उहाँ पहिलो हुनु हुन्छ । योग्य हुनुहुन्छ । काम नै गरेर देखाईसक्नु भएको छ । उहाँका योगदानहरु अनगिन्ती छन् । कृपया ललितपुर २ ले उहाँलाई अध्यतिक मतदान गरी जिताऔं ।
मतदाताले ५ वर्षको लागे चुनेको व्यक्ति बीचैमा छोडेर जानु भनेको जनमत माथीको बेइमानी हो । आफूलाई पाएको म्यान्डेट पुरा नगरि अर्को मौका छोप्न दगुर्ने व्यक्तीलाई अवसरवादी भन्निछ ।
नदी मापदण्ड, सडक मापदण्ड, GLD आदीले घर वा संरचना निमार्णमा मात्र रोक लगाउने हो ।
यो व्यक्तिगत वा नीजी जग्गा प्राप्तीको आधार होईन, यसले व्यक्तिगत वा नीजी जग्गा सार्वजनिक बनाउँदैन ।