मिडिया तर्साउन भिजिलान्ते गतिविधि
–आज बिहान तीनवटा मिडिया हाउसहरूमा एकैपटक उस्तै तरिकाले शंकास्पद गाडीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने कोशिस गरियो । पन्चायतको भूमिगत गिरोह अनि ज्ञानेन्द्रराजभन्दा एक कदम अघि बढ्न खोजेको आभास शक्तिमा पहुँच राख्नेहरुले दिन खोजेका छन् ।
#Onlinekhabar #PressFreedom
https://t.co/G1lFqBoivJ
सञ्चार माध्यमको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण ।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो !
संचार गृह, सार्वजनिक संस्थान र निषेधित स्थानमा गाडी पार्क गरेर भाग्ने सरकारी गुण्डाहरूलाई एक करोड जरिमाना र २५ बर्ष कैद हुनुपर्छ। जनतालाई मात्र तेरो नियम र कानुन?
सत्ताको ज्यादतीका कारण नागरिकले आत्मदाह गरे। त्यसमा नागरिकहरूले दुःख माने, विरोध गरे। त्यसको विरोधमा अहिले काठमाडौँमा नगर प्रहरी सडकमा निस्केनन् रे, ट्राफिक व्यवस्थापन छोडिदिए रे। सडक अस्तव्यस्त भयो रे।
नागरिकक विरुद्ध सरकार हड्तालमा उत्रिएको यो सम्भवतः संसारकै पहिलो घटना होला।
महानगरको नगरसभाबाट पारित भएको आर्थिक ऐन २०८१ अनुसार सडकमा सवारीसाधन पार्किङ गर्दा न्यूनतम १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था बालेनले ल्याएका थिए ।
https://t.co/DK51dNjk52
टिप्पणी :
गणेश नेपालीले देखाए नयाँ सत्ताको पुरानो अनुहार
–प्रेमप्रसाददेखि गणेश नेपालीसम्म पुग्दा नेपाली राज्य केवल जरिवाना र डन्डा बोकेर उपस्थित देखिन्छ ।
#onlinekhabar
https://t.co/nicgutqqQt
जीविका चलाउन कर्णालीबाट काठमाडौं आएर संघर्षरत युवाले आफैलाई आगाे लगाए।
- जनता त आखिर जल्नुपर्ने नै रहेछ- एमाले, कांग्रेसकाे सरकार वा रास्वपाकाे दुईतिहाईकै सत्ता भए पनि!
प्रहरी कारबाहीबाट रन्थनिएर त्रिपुरेश्वर सडकछेउ आत्मदाह गर्न खोज्दा शरीरको ७० प्रतिशत जलेका मुगुका गणेश नेपालीलाई एम्बुलेन्समा लैजानुपर्नेमा सजाय दिन प्रहरीले धकेलिरहेको भिडियोले स्तब्ध बनायो।
सरकार, कालो चस्मा खोलेर गरिबलाई हेर!
MT शरीरमा पेट्रोल छर्केर अस्पतालमा छट्पटाइ रहेका मुगुका गणेश नेपालीको बारेमा कोई बोल्यो ? त्यो ज्याकी स्राफ स्टाइलले हिड्ने अनि गेट अप गर्ने माननीय बोले ? रातोपुलबाट हाम फालेर मृत्युवरण गर्न बाध्य महिलाका बारेमा हरियो निलो रातो पहेलो साडी लगाएर महिला अधिकारदेखि दुनिया अधिकारको डिङ्ग हाक्ने सफेदपोस महिला नेत्रीहरुको वाणी फुट्यो ?
बोल्न र सवेदना देखाउन र वाणी फुट्न के मान्छे कांग्रेस एमाले माओबादीकै पालोमा मर्न पर्ने हो ?