वरिष्ठ ,पाकोपुस्ता र अगुवा सम्झेर उहाहरुको कुरा अध्ययन गर्यो ���हँ झन गए गुज्रिएका कुरा गर्यो दिन बितायो पो रहेछ ।
पाका मानिसको कुराले त झन गवार पो बनिन्छ कि क्��ा हो ।
रिस, राग ,द्वैष ,कुण्ठा मात्रै पो झल्किन्छ तिनका कुराहरुमा ।
सप्तरीमा
राधादेवी सदाहरुको पेटमा अन्न नपरेको धेरै दिन भयो
सुर्यबहादुर तामाङहरु पनि रोटी रोटी भन्दै मरे !
यहिबेला, मेरो देशको शासकले
जनताको आवाज र अधिकार माथी प्रतिबन्ध लगाई
हिड्ने बाटोमा करोडको कार्पेट बिछ्यायो
कोरोनाको व्यापार गर्यो र १० अरब नाफा कमायो !
लकडाउन मार्फत जनतालाई असिम त्रास, विभेद र मृत्यु दिएर शासकवर्गले निरन्तर भ्रष्टाचार, जनघात र राष्ट्रघात मार्फत देश लुटिरह्यो ! आउनुहोस, शासकवर्गको यस प्रकारको शासन प्रणालीका विरुद्ध विद्रोह संगठित गरौं !
कोरोना संकट होईन तर यसको त्रासदी र लकडाउन संगै जब करोडौं मजदुरहरुले भोकै बाँच्नु पर्ने स्थिति आउँदै छ, पक्कै त्यसपछि विश्व महासंकट र विपतिमा जाने छ । सायद त्यो स्थितिमा लकडाउन मात्रै होईन शासक वर्गको दरबार पनि असुरक्षित हुनेछ ।
लोकतन्त्र अर्थात ओलिराज !
यो देशमा
लोकतन्त्र छ !
लोकतन्त्र भित्र ओलि राज छ
ओलि राजमा
स्वयं ओलि जी को चल्छ ।
भ्रष्ट, दलाल, माफिया र तस्करको पनि चल्छ ।
"प्रजा"हरुका निम्ति ओलि जी नै लोकतन्त्र हुन ।
डा. भट्टराई लोकतन्त्र पढाउन अब्बल थिए ।
आज
ओलि जी ले
उनलाई पनि लोकतन्त्र पढाएछन !