मलाई सबैभन्दा मन परेको डिजाइन!
म सहमत नहुँला, त्यो बेग्लै कुरा हो। तर नेपालको गणतन्त्रकाललाई आजभन्दा ५०० वर्षपछि पनि तथ्यपरक र सत्यपरक ढङ्गबाट अभिलेखिकरण गर्ने यो भन्दा उपयुक्त अर्को प्रतिक हुन सक्दैन।
यसमा बालेन्द्र शाह, रवी लामिछाने, गगन थापा, केपी ओली, शेरबहादुर देउवा, अन्य भूतपूर्व प्रधानमन्त्री तथा नागरिक अगुवाहरू सबैको समर्थन रहनु पर्छ भन्ने हाम्लाई लाईरा'छ।
सधैँ मोही माग्ने, ढुङ्ग्रो लुकाउने काम गर्नु हुँदैन। प्रचण्डजीलाई त्यति सम्मान दिन मन सानो नगर्नुस्।
प्रचण्डजी नभएको भए तपाईँहरू सबै अहिले पनि मजस्तै "रैती, दास, पश्चगामी, अप्रगतिशील, पुरातनवादी" हुनुहुने थियो। "हाम्ले ल्याको गणतन्त्र" भनेर धेरै फुर्ति नलाए हुने हो। तर के गर्नु, लाउनु हुन्छ!
बाँकी त हजुरहरूकै मर्जी।