म टुक्रिएको छु
हिजो पनि टुक्रेर जोडिएकी थिए
आज फेरि टुक्रीएको छु ।
हुन त नटुक्रिएको कहिले थिए र म।।
कुनै टुक्रा जोडिए
कुनै टुक्रा जोडिँदै जोडिएनन्
कुनै टुक्रा जोड्ने तर्खरमा छु
कुनै टुक्रा आफू बाटै टाढा बनाएको छु
कुनै टुक्रा म बाटै टाढा भए
खैर
जीवन टुक्रिनु र जोडिनु मै त रहेछ।