उता गणतन्त्रलाई दरबारको पिर सकिएको छैन
यता बा-आमालाई घरबारको पिर सकिएको छैन
देश सुधार्ने इमान्दारहरुले नै हो पक्का मान्नुहोस्
तर यिनकै गोजिमा हजारको पिर सकिएको छैन
-भाप्पा
हौसला भए होसमा आए चक्रको जङ्घार तर्नसक्छ
मार्ग पाए मौन गाए अहङ्कारको घैटो फुट्नसक्छ
तृष्णामा फस्छ लिप्साले कस्छ र पो बिर्सिन्छ मान्छे
द्रव्यको दलदलले देहान्त नभै दाहासंस्कार गर्नसक्छ
- भाप्पा
KBC हेर्दै थिए @SrBachchan ले हाम्रो स्कुल शेरवुड कलेज नैनीताल को युनिफर्म लगाएको देखे।बाल्यकाल को सम्झना आयो र आफ्नो पुरानो तस्वीर वहाँ सगै पोस्ट गर्ने सोच आयो।वहाँ म भन्दा धेरै सिनियर भए पनि बाल्यकाल बिताएको एउटै स्कुल का धेरै सम्झना समान छन।
Proud to be a Sherwoodian.