आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।
अत्यावश्यक स्वास्थ्यसामग्री आइपुगेका छन्।धरानबाट नमूना परीक्षण सुरू भएको छ,छिटै अन्यत्र पनि विस्तार गरिँदैछ ।सीमा होलान्,तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुध्द सरकार सम्पूर्ण शक्तिकासाथ लागेको छ।
विनम्र अनुरोध-अहोरात्र खटिरहेकाहरूलाई साथ दिनोस्, हौसला दिनोस् !