सम्बोधन भन्दा पनि ओठ सुकेको, चस्मा लगाएको, राजा महेन्द्र देखिएको, छोटो बोलेको, रट मारेको चर्चा गर्न लाग्नुभयो भने तपाइँमा नकरात्मकता बढ्दो छ, कृपया आराम गर्नुहोस
नदेखेको मान्छे भगवान लाग्छ, देखेको—संगत गरेको खराब!
टाढाको राम्रो, नजिकको नराम्रो!!
विगत सुन्दर, वर्तमान बरबाद!!!
पहिलेका ठीक अहिलेका बेठीक!!!!
लिच्छिवीकाल स्वर्णयुग, वर्तमान खतम!!!!!
यो भ्रमबाट मुक्���ि आवश्यक छ
तिम्रो जस्तो मुटु मेरो
पनि, तिम्रो जस्तो माया
मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि...
तिमीलाई अंगाली कताकता
भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूर...
दुई प्रान एक नभए पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि...💔
बाँच्नेहरूको पनि कथा छ
मर्नेहरूको पनि कथा छ।
कोही बाढीको भेलसँगै बगे
कोही किनारमा उभिएर
आफ्ना मान्छे फर्किने आशामा रोए।
उभिनेहरुको पनि कथा छ
रुनेहरुको पनि कथा छ ।
कोही मृत्युको मुखबाट फर्किएर
नयाँ जीवन सुरु गर्दैछन्
कोही फर्किने बाटो नै नरहेको
यात्रामा निस्किए।
फर्किनेहरुको पनि कथा छ
नफर्किनेहरुको पनि कथा छ।
बाँच्नेहरूले पीडा बोकेर बाँच्नुपर्नेछ
मर्नेहरूले सम्झनामा बाँचिरहनुपर्नेछ
बाँच्नेहरूको पनि छुट्टै कथा छ
मर्नेहरूको पनि छुट्टै कथा छ।✍️