गगनले अहिले पाएको ���ेतृत्वको अवसर असाधारण छ। उनी कांग्रेसको नेतृत्वमा तुलनात्मक रूपले बलियो अवस्थामा छन्। तर बलियो नेतृत्व हुनुको अर्थ निरंकुश हुने सुविधा प्राप्त हुनु होइन।
@harijuhang
https://t.co/bVa0tIuUZ6
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित गराउन अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक ��भार व्यक्त गर्दछु।
यहाँहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
यो विजय व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प हो।लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम���मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको छु।
नेपाली कांग्रेसको सुन्दरता नै यही हो,प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता।हामी सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ।
जय नेपाल!!!
हार्दिक बधाई तथा शुभकामना!
नेपाली राजनीतिमा ऊर्जाशील, दूरदर्शी र प्रखर जनप्रीय नेताका रूपमा स्थापित श्री गगनकुमार थापाज्यू प्रजातान्त्रिक अभ्यासको मर्म र सौन्दर्यलाई आत्मसात् गर्दै, आन्तरिक प्रतिस्पर्धामा गुट र उपगुट वा समुहको सङ्कुचित घेराभन्दा माथि उठेर अत्यधिक बहुमतका साथ सभापति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक ���धाई व्यक्त गर्दछु। स्वस्थ प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्राप्त यो शानदार विजय उहाँको निष्ठा, सिद्धान्तप्रतिको निष्कम्प अडान, निर्भीक साहस र निरन्तर जनसेवाप्रतिको समर्पणमाथि कार्यकर्ता र आम जनताको अगाध विश्वासको जीवन्त प्रमाण हो।
साथै, यस अघिनै सर्बसम्मत हुनुभएका वरिष्ठ उपसभापति श्री विश्वप्रकाश शर्माज्यू र उपसभापति श्रीमती पुष्पा भुसालज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै स��ल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
हामीले विभिन्न पदमा प्रतिस्पर्धा ,हार र जीत को परिणाम पछि पनि समग्र सङ्गठनलाई एउटै आत्मीय सूत्रमा बाँध्नु नै हाम्रो दायित्व हो भने प्रजातन्त्रको वास्तविक सौन्दर्य पनि यहि हो।
यो ऐतिहासिक जिम्मेवारी केवल एउटा पद वा सम्मान मात्र नभई देश र पार्टीमा नयाँ आशा, ऊर्जा र रचनात्मक रूपान्तरण र बैचारिक तथा ब्यबहारिक पुनर्जागरण को नेतृत्व गर्ने महत्त्वपूर्ण अवसर र दायित्व पनि हो। निर्वाचनपछिको यस घडीमा सबै विचार र पक्षलाई समेट्दै, सङ्गठनलाई बलियो, समावेशी र अनुशासित बनाउन यहाँको सौम्य, परिपक्व र फराकिलो नेतृत्व पूर्ण रूपमा सफल हुनेछ भन्नेमा म दृढ विस्वस्थ छु।
युवा पुस्ताको भरोसा र आम नागरिकको अगाध स्नेहलाई आत्मसात् गर्दै आगामी दिनहरूमा सुदृढ एकता, पारदर्शी कार्यशैली र परिणाममुखी कदममार्फत अघि बढ्नुहुनेछ भन्ने अपेक्षा राखेको छु। नयाँ सोच र दृढ सङ्कल्पका साथ थालिएको यो यात्राले सङ्गठन र राष्ट्र दुवैलाई समृद्धिको नयाँ उचाइमा पु��्याउनेछ।
यहाँको सम्पूर्ण टिमको आगामी कार्यकाल पूर्ण रूपमा सफल, ऐतिहासिक र अनुकरणीय रहोस्। सफलताका पाइलाहरू निरन्तर अघि बढिरहुन्। पुनः हार्दिक बधाई तथा सफल कार्यकालको असीम शुभकामना!
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका गगन थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
तपाईंको नेतृत्वमा पार्टीको एकता र आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै जनविश्वासलाई देशको समृद्धि र नागरिकको उज्ज्वल भविष्यमा रूपान्तरण गर्न सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जय नेपाल!!!
केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा ।
सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरूमा जय नेपाल!
नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेसनमा आ-आ��्नो क्षेत्र एवम् संगठनहरूमार्फत प्रतिनिधिका रूपमा चुनिएर काठमाडौँ आउनु भएका यहाँहरू सबैलाई हार्दिक बधाई र न्यानो स्वागत गर्न चाहन्छु।
नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूले राख्नुभएको परिवर्तन र रूपान्तरणको चाहनाअनुरूप आज नेपाली कांग्रेस पुनर्जागरणको मार्गमा छ। हामीसँग विगतका नीतिगत कमजोरीलाई सच्याउन र लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको व���कर्षणलाई आकर्षणमा बदलेर चारतारे झण्डा र रूख चिह्नको पुरानै गौरव फिर्ता ल्याउने चुनौति छ।
युवाको नाममा देशभर अराजकताले प्रश्रय पाइरहँदा सचेत, क्षमतावान र राजनैतिक संस्कारसहितका चेतनशील युवाहरूको बलियो हस्तक्षेपको टड्कारो आवश्यकता छ। हामीले पुस्ताको बीचमा फाटो होइन सहकार्य र सहअस्तित्वको बाटो बनाउनु जरूरी छ। घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाट्न जरूरी छ।
यसका लागि सांगठनिक परिवर्तन र पुनर्जागरणका साथै आफ्ना आधारभुत मान्यताहरूमा अविचलित सिद्धान्तनिष्ठ कांग्रेस बनाउने अभियान चाहिन्छ। यहि अभियानलाई घनिभूत बनाउनका लागि म नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा(३५वर्ष मुनि) आफ्नो उम्मेदवारी घोषणा गर्दछु।
तमाम अग्रज एवम् समकालीन साथीहरूले मलाई केन्द्रिय सदस्य पदमा जिताउन आफ्नो अमुल्य साथ, सहयो��, अभिमत र शुभेच्छा दिनु हुनेछ भन्ने विश्वास लिएको छु।
एलिजा ढकाल। 🙏
लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन पर��स्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता - लौहपुरुष गणेशमान सिंहप्रति २९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन।
हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।
समय बदलिएको छ, चुनौती बदलिएका छन्।
तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।
लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनु��ार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरौँ।
गणेशमान सिंहप्रति हार्दिक श्रद्धासुमन।
जय नेपाल।
आज जेनजी पुस्ताका गृहमन्त्री सुदन गुरुङले रसुवामा माटो खोस्रेको दृश्य हेरेर खिसीट्युरी गर्नेमध्ये कयौं Leftमाण्डुहरु र Fakeलिबरलहरु - हिजोका दिनमा ततकालिन ब��जुलीमन्त्री गोकर्ण बिष्ट बिजुलीका पोल पोलमा आफै चढेर पैसा नतिर्नेको लाइन काट्दै गर्दा; वाहवाहीका तस्वीर र जयजयकारका लेख छाप्दै थिए। हिजो पनि त्यस्तो काम अर्थहीन थियो, आज पनि यो काम अर्थहीन हो।
हिजोका दिनमा आचे (आलुचनात्मक चेत) पुस्ताको जगजगीको तत्कालीन समयमा, मिडीयामा क्षणिक नाम चलाईको लोभको लागी जुन तमासा गरिएको थियो, त्यही तमासाको बिकसित रु�� हो रुप हो - अहिलेको भाइरल पुस्ताका कयौं आनीबानीहरू ।
आलोचनात्मक चेत (critical thinking) भनेको आलुचनात्मक चेत होइन । समालोचनाले समाजलाई सुधार्न सघाउछ । तर बाह्रमासे निन्दा वा खिसीट्युरीके हामीलाई कुनै समाधान दिदैन ।
खैर, अब पुराना कुरा छाडौं। फच्चे गरौं ती कुरा । हिसाब बराबर भयो।
अब आपसी सम्मान र सहानुभूतिका आधारमा नयाँ मान्यता स्थापित गरौं। संकटको सामना सबै मिलेर साहस र बुद्धिमानी तरिकाले ��रौ । मंत्रीहरुको काम निती बनाउने हो। प्रकोप पर्यटन गर्ने वा हिजोका दिन जस्तो पोल पोल चढदै फोटो खिचाउने होइन ...
( मल्टिमिडीया कोलम 'अनकट' को आगामी अंकबाट )
हिजोदेखि मन विचलित छ। हराएका मान्छेहरूको विषयमा सोचेर। तर अलिकति आशा पनि जाग्छ, जब कसैको उद्धार भएको देख्छु... बाँच्नु त यस��ी पो बाँच्नु ; जसले प्राण संकटमा परेकाहरूलाई जीवन दिन्छ। कुनै दिन भविष्यमा, उद्धारमा खटिएका यी सैनिकहरूलाई एक कप चिया ख्वाउन पाए गौरवान्वित हुने थिएँ जस्तो लाग्छ .. विगतमा मलाई अनुभव छ, प्रलयकारी प्रकोपको अवस्था पछि फिल्डमा खटिनु सजिलो हुँदै हुँदैन। फिल्डमा कार्यरत सबै सैनिक, प्रहरी, निजामती राष्ट्रसेवक र उद्धार कार्यमा संलग्न अन्य सबै आदरणीय समाजसेवी जनसमुदायलाई सादर सलाम !
पाँचौं महिनामा ब्युँझिएछन्. !
बल्ल चलायमान् बने सभामुख, प्रधानमन्त्रीलाई जवाफदेही बनाउने प्रयास सफल होला कि नहोला त ?
by @Raghunathsital
https://t.co/U9nx4v7ByU
पार्टी राजनीतिमा यो बस्नेतहरूको समय जस्तो छ।
मोहन बस्नेत चुनदेवी कांग्रेसका मुख्य योजनाकार देखिन्छन् भने महेश बस्नेत गुन्डु एमालेका। दुवै जना नेपाली इतिहासका पाठ्यपुस्तकमा पढाइने पुराना ‘बस्न्यात’हरूका आधुनिक, केही ‘दराज’ शैलीका संस्करणजस्ता लाग्छन्!
- उज्ववल प���रसाईं
प्रहरी कारबाहीबाट रन्थनिएर त्रिपुरेश्वर सडकछेउ आत्मदाह गर्न खोज्दा शरीरको ७० प्रतिशत जलेका मुगुका गणेश नेपालीलाई एम्बुलेन्समा लैजानुपर्नेमा सजाय दिन प्रहरीले धकेलिरहेको भिडियोले स्तब्ध बनायो।
सरकार, कालो चस्मा खोलेर गरिबलाई हेर!
राजनीति सिक्ने ठाँउ ‘मिनि संसद’ भनिएको स्ववियु र विद्यार्थी संगठन हटाउन पऱ्यो दे़श बनाउने टोलीलाई।
अहिले सांसदलाई ३ पटक अभिमुखीकरण दिँदा पनि विध्येक र अध्यादेश के हो भन्ने कुरा थाहा छैन।
जनताले कर तिरेको पैसाले सांसदलाई सिकाउन पर्ने? लन्ठूहरू!