@Kunteepokhrel वसन्तको बगैंचामा तिम्रो याद पलाउदैछ
मेरो मन फुलबारीमा गुलजार रङ्गीन भयो
बासन्ती हावा बग्यो मीठो सुगन्ध बोकेर
तिम्रो स्पर्शले भरियो शरीर प्रीतिले
दिलको दीप जल्यो प्रेम ज्वाला
जीवन उज्यालो छ
❝ प्रभातको सुनौलो किरणले पर्वतझैँ पग्लियो अहंकार
दर्पको काजलले जीवन अँधेरी बनायो
अहंकारले खायो प्रेमको पीर गरी बिरानो बनायो
अहंकार बाँचे पनि मायाको नाश भयो
पराजयले मर्म मलिन भयो समयसँग
शून्यता मात्र बाँकी रह्यो जीवनको पथमा ❞