यो बिबेक बहुलाउन त बहुलाएन, किन आफ्नो डम्फु बजाउँछ भनेर सोच्नु भो होला हैन? के गर्नु नेपाली परियो…. पाएको ठाममा हल्का मपाइँ नगरी खाको पच्दैन हेर्नुस् के गर्नु
मोटोलाई सोधी हेर
कति गाह्रो छ दुब्लाउन
दुब्लोलाई सोधी हेर
कति गाह्रो छ मोटाउन
शरीर बनेकोलाई सोधी हेर
कति गाह्रो छ शरीर जोगाउन
सजिलो र गाह्रो
दुबै भ्रम हो जनाब
सकिँदैन शरीर
जादू गरेर बनाउन।
टुकुचा खोला माथिको पुल चार महिनामा मर्मत सहित संचालनमा आउनु आफैमा अचम्म र खुशी लाग्दो कुरा हो । सरकारी संयन्त्रहरुले चाहेमा यति छिटो काम गर्न सक्छन् भन्ने यो राम्रो उदाहरण हो ।
राष्टपति जस्तो गरिमामय महिमामय आउँदा जाँदा आकस्मिक सेवामा निस्किने हो त ? बिरामी मरुन कि बाँचून, सडक छेउमा ठीङ्ङ हात जोडेर सवारी होईबक्सियो सरकार भनेर फुलै फुलको गुच्छा बर्साउने हो । सक्षम जनता भएको आभास दिलाउने हो । यति पनि थाहाँ नभएका नेपालीलाई के नेपाली भन्नू ।
तपाईहरु ५ मिनेट ढिला गर्दा खै के जान्छ थाहा छैन… डाक्टर ५ मिनेट या केही सेकेन्डमात्र ढिला गर्दा पनि कसैको सास जान सक्छ… अझै उनिहरु माथी नै हातपात ? अनी आदेश पालन गर्ने निमुखा हवल्दारलाई कारबाही आदेश दिनेलाई निलबन गर @Hello_Sarkaar
आदेश पालना गर्ने हवल्दारलाई कारबाही गरेर पानी माथिको ओभानो हुन खोज्ने को हो ? उस्को के गल्ती छ ? आदेश पालन गरे पनि नगरेपनी कारबाही मा त पर्ने नै थियो बिचरा हामी अनी हाम्रो प्रणाली @NepalPoliceHQ
पत्याउनुस या नपत्याउनुस। कसैलाई समाचार भनेरै फापिरहेको थियो, फोकटमा ग्रहले नदिएको राजनीतितिर लागेर घण्टा हल्लाउँदै बस्ने अवस्था नआउला भन्न सकिँदैन! शुरुवातमै झण्डा देखि नाममा स्वतन्त्र शब्द देखि लिडर कार्यक्रममा ३ करोड ठगीको आरोप र ब्याजसँगै साँवा फर्काउनुपर्ने लफडा।