तँ उद्योग खोल्लास्, ऊ लाजनिती खेल्छ,तँ बैंक ऋण लेलास्,ऊ चन्दा लिन्छ ,तँ मजदुर भर्ना गर्लास्,ऊ कार्यकर्ता भर्ना गर्छ ,तँ सामान बनाऊँ भन्लास्,ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल ।copied
चिन्ताले चिता लाई हाँस्दै भन्याे,
तँ मुर्दा लाई जलाउँछस म जिउँदा लाई जलाउँछु,
तँ एकैपल्ट मा खरानी पार्छस म हरेक दिन तड्पाउँछु,
तँ बिदा गरेर पठाउँछस म घुमाई-घुमाई अठ्याउँछु,
तँ मृत्यु काे बिषय हाेस म जिन्दगी काे बिष हुँ,
तँ अन्तिम सत्य हाेस म प्रथम सत्य हु,
कर्तव्य नै एउटै हो कि काममात्र मिल्यो हाम्रो
मन्तव्य नै एउटै हो कि कुरामात्र मिल्यो हाम्रो
भेटिएर छुटिनु त नमज्जा नै हुनेरैछ
गन्तव्य नै एउटै हो कि बाटो मात्र मिल्यो हाम्रो ।।