घूसै खाएर सही बाउले कमाइदेको सम्पत्ति छ भन्दैमा, कर छलेकै सही आफूले त्यसमा मल्टीप्लाई गरेको छु भन्दैमा अति विपन्न, बेथिति/कुशासनव्याप्त देश जुलुसमुक्त, गरिबमुक्त, फोहोरमुक्त आदि इत्यादि कल्पना गर्न सकिन्छ, गरिब/गरिबी/पिडितको मजाक उडाउन पाइन्न !
नेपाल विवेकशील पार्टीको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । केही सुझाब तथा प्रतिक्रिया भए हामीलाई जानकारी गराउनुहोला । पूरा प्रतिवेदन तलको लिंकमा दिइएको छ ।
https://t.co/rUmn3NdaYG
गुरू पूर्णिमाको अवसरमा सम्पूर्ण औपचारिक, अनौपचारिक, ज्ञात तथा अज्ञात गुरूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । मैन बत्ती जस्तै बलेर अरुलाई उज्यालो गराउने तपाईंहरूको कामप्रति आभार व्यक्त गर्दछौँ ।
#GuruPurnima
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको रूपमा मनाइने असार १५ को शुभकामना 🎉
अन्न उत्पादन बढाउने तथा दिगो तथा जलवायु परिवर्तनसँग उत्थानशील रहने कृषिकर्मलाई अगाडि बढाउन सफलता मिलोस् !
#Asar15
यो आउने बुधवार ३ बजे मार्टिन चौतारीमा वायु प्रदूषणबारे नागरिकले कस्तो हस्तक्षेप गर्ने भन्ने विषयमा महत्त्वपूर्ण सार्वजनिक छलफल हुँदैछ। पहिले विज्ञहरूबाट क��ही कुरा सुन्ने, अनि नागरिकले अब के गर्ने, छलफल गर्ने योजना छ।
चौतारीको गुगल म्याप लिङ्क:
https://t.co/KBNAXAu5eX
१/२
शरणार्थी प्रकरणले भ्रष्टा���ारको लहरो तानिरहँदा संसद्ले समातेको बाटो उल्टो छ। जोमाथि संसद्बाट छानबिन हुनुपर्ने छ, तिनलाई त्यही समितिको जिम्मा लगाइनुले दल मात्र होइन, संसद्को भू��िकामै प्रश्न उठाएको छ।
@rambohara
https://t.co/gCmSQZDU49
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना !
श्रमिक हकहितको लागि र प्रविधिले ��बै खालका श्रमिकहरूको रोजगारीका अवसरहरूमा पार्न सक्ने प्रभावको बारेमा हामीले अझै बढी घोत्लिनुपर्ने अवस्था देखिएको छ । श्रमको क्षेत्रमा देखिएको लैंगिक असमानतालाई सम्बोधन गरी अर्थत्नत्रको सुधार गर्नुछ।
राष्ट्रिय आविष्कार केन्द्रका @MahabirPun महावीर पुनले राख्नुभएका मागहरू जायज छन् र सरकारले तुरुन्तै सम्बोधन गर्न सकिने खालका नै भएकाले त्यसमा कदम चालियोस्। यो प्रतिकूल मौसममा उहाँ तथा समर्थकहरूलाई सडकमा राखिरहनुको औचित्य प्रमाणित गर्न सकिँदैन है सरकार!
https://t.co/HNkKGCMWwi
नेपाल विवेकशील पार्टी महावीर पुनको यस अभियानमा ऐक्यबद्धता जनाउँदै नवप्रवर्तन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उहाँका मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।
#NIC#Innovation#RandD
ईस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद ऊल-फित्रको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।यस पावन अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभा��� तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
#EidUlFitr