पटक पटक भनेको पनि छु, आफ्नो आमालाई भन्दा बढि माया र respect दिएको छु तिमिलाई।सँसारको ���बैभन्दा बढि आफ्नो लाग्ने मान्छे हौ तिमि ।
चाहे जे गर, तिमिप्रति को त्यो माया, सम्मान र आफ्नोपन को feeling मेरो प्राण रहेसम्म घट्दैन।तिम्रो चरित्र माथि शंका गरेको दिन मेरो जिवनको अन्त्य होस्।😭💔
आँफै भन्छौ- तिमि प्रति मेरो मन मरिसक्यो अब फर्किदैन, माया मार्न सक्ने ठाउँ सम्म मारिसकेँ, अब माया र आफ्नोपनको feel दिनै सक्दिनँ, distance creat गरेकै हो,etc.
तर मैले चाँहि मन दुखाउन नहुने, मलाई असाध्यै माया गर्छौ भन्ने मानेर राम्रोसँग बोल्न पर्ने?😭💔
मैले सकिनँ,
I am SORRY 😭💔
तिमी बिना सद्दे त नहुँम्ला,
ठिकै छ - बरु म मरुम्ला,
तर
मप्रति मनै मरिसक्यो,
माया नै नफर्किने ���री - मार्न मिल्ने ठाउँसम्म मारिसकें, अब जीवनभर तिमिसँग खुल्न सक्दिनँ,
तिमीलाई माया र आफ्नोपनको feel दिने गरी बोल्नै सक्दिनँ , भन्ने मान्छेसँग सधैंभरि मायाको भिख मागेर बस्दिनँ।
💔💔
आफ्नो कुरा जे सुकै होस्
जे भने नि हुने,
जस्तो treat गरे नि हुने,
जस्तो ब्यवहार गरे नि हुने,
तर
अर्कोले चाँहि मन दुखाउन समेत नपाउने
अरुले चाँहि केहि भन्नै नहुने
कुरा घुमाएर उल्टै नराम्रो बनाईदिने।
वा रे वा 👏👏👏
ठिक छ आफ्नो ईच्छा पुरा गर।
ठिकै छ
दोष मेरो थियो
छुटिएर मलाई होइन तिमीलाई नै गाह्रो भएको छ
तिमीले सम्बन्ध बचाउन धेरै खोजेकै हो
मलाई गाह्रो हुन्छ भनेर बोल्दिएकै थियौ
तर
मैले नै सम्बन्ध टुटाउन खोजेँ,
माग्न ���हुने कुरा माया र आफ्नोपन मागेँ
त्यसैले मलाई माफ गरिदेऊ
दोष सबै मेरो हो
तिम्रो केही दोष छैन 😔❤️
लाग्दैन भने �� ठिकै छ, यदि लाग्छ भने पनि मेरो आँसुको श्राप उसलाई नदिनुस् है भगवान्।
उसलाई सधैं खुसी नै राख्दिनुस्,
मेरो यो हालत हुनुमा उसको केही दोष छैन,
मलाई छाडेर सुखी हुन खोजेकी उनीलाई
कहिल्यै दु:ख नदिनुस …🙏🏾🥹
तिमिप्रती यति धेरै भरोसा थियो, यति विश्वास थियो नि - तिमि अरुको अङ्गालोमा छौ भन्ने थाहा हुँदा हुँदै पनि तिम्रो लागि म भन्दा नजिक अरु कोहि हुन सक्छ भन्ने आशङ्का समेत गरेको थिइनँ।
अझ, कुनै दिन यसरी तेस्रो व्यक्ति जस्तो व���यवहार गर्छौ भन्ने त झन् कल्पनामा समेत थिएन। 😭💔💔
शत्रुहरूसँग त जसोतसो लडिरहेको थिएँ, तर आफ्नैसँग कसरी लडूँ?
शत्रुहरु सँग के हुन्छ थाहा छैन
तर आफ्नैसँग चाँहि म नराम्रो सँग हारेँ 😭💔
ठिकै छ भगवान्,
मलाई सबैबाट हराइदिनुस्, म सकिँदा खुसी हुनेहरूलाई धेरै धेरै खुसी दिनुस्...!
तिमीलाई दोष दिएर म आफूलाई सही साबित गर्न चाहँदिन,तिमीले आफ्नो खुसी रोज्यौ अनि मैले आफ्नो औकात बुझेँ।
कसैले समाउँदैमा बगरको ढुङ्गाले
देवताको इज्जत पाएँ भन्ने ठानेर हुँदैन,
सायद देवता ठानेर अंगालेको थियौ
ढुङ्गा भन्नी थाहा पाएपछि मिल्काइदियौ,
म बगरकै थिएँ
बगरमै भएँ 😔💔
बर्सौँसम्म दिन रात, उठेदेखि राति नसुत्दासम्म, हरेक साना–साना कुरादेखि मनका हरेक भावना, माया–प्रेम, दुःख–सुख सबै कुरा share गर्ने मान्छेले त मनको पीडा, खुसी र चाहना बुझ्न खोज्दैन भने, अरूबाट त आस नै के गर्नु र 😔
—
पहिले- कसरि special feel गराउन सकिन्छ भनेर बोल्थ्यौ, कसरि मायाको feel गराउन सकिन्छ भनेर बोल्थ्यौ, कसरि आफ्नोपन दिन सकिन्छ भनेर बोल्थ्यौ।
तर अहिले- कतै special feel पो गरिहाल्छ कि, कतै मायाको feel पो गर्छ कि, कतै आफ्नोपन को feel पो गरिहाल्छ कि भनेर बोल्छौ।
--
माया र समय 😔❤️