“आफ्नो अधिकारको आवाज उठाउँदै जीवन गुमाएका गणेश नेपालीलाई बाजागाजासहित अन्तिम श्रद्धाञ्जलीका साथ पशुपतितर्फ लगिँदै।
उहाँको यात्रा टुंगिएको होला, तर न्यायको माग र उठेका प्रश्नहरू अझै बाँकी छन्।
भावपूर्ण श्रद्धाञ्जली। "
#GaneshNepali#श्रद्धाञ्जली#JusticeForGanesh#Pashupatina
अस्तव्यस्त देखियो न्यूरोड, अब अनुशासित बनाऔँ।
गणेश नेपालीको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू सडकमा परिचालन नभएका कारण न्यूरोड क्षेत्र फेरि अव्यवस्थित देखिएको छ।
सडक सबैको साझा सम्पत्ति हो। व्यवस्थापन गर्ने निकायले जिम्मेवारी निर्वाह गर्नुपर्छ l
“मनै चसक्क बनाउने घटना…”
प्रत्यक्षदर्शी एक महिलाका अनुसार, त्रिपुरेश्वरस्थित राजधानी विभाग अगाडि बाइकमा ह्वील लक लगाएपछि गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। ती प्रत्यक्षदर्शीले नगर प्रहरीले समयमै सहयोग नगरेको र भ्यान लुकाइएको आरोप समेत लगाएकी छन्।
के नेपाली कांग्रेस साँच्चै बदलियो?
कि बदलिएको जस्तो मात्रै देखाइयो?
नेपाली कांग्रेस २.० नारा मात्र होइन,
नीति, नेतृत्व र निष्ठाको पुनर्जागरण हो।
जनताको प्रश्न धेरै थिए—
मैले ती प्रश्नहरूबाट भागिनँ,
जवाफ दिन खोजेको छु।
एक पटक सुनिदिनु होला,
सत्य आफैँ बोल्छ।
केपी ओलीले जति नै तर्क प्रस्तुत गरे पनि, उनका समर्थक र तथाकथित ‘बौद्धिक वर्ग’ले हजारौँ तर्क जोड्दा पनि—नेपाली राजनीतिक इतिहासमा नयाँ पुस्तामाथि यस स्तरको आरोप र दुरुपयोग यसअघि कहिल्यै देखिएको थिएन।
राजनीतिक, सामाजिक र नैतिक दृष्टिले यो गम्भीर विचलन हो l