मेरो बारेमा भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि उजुरी दिएको छु ।
न्याय पाउनेमा विश्वास छ।
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
"यो पटक रास्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दै घन्टिमा मत हाल्ने हो ,त्यस पछी ५ बर्ष घन्टिलाई खबरदारी गर्ने हो , अर्को चुनावमा पुन मुल्यांकन गरेर भोट हाल्ने हो ,म नागरीक बन्ने हो दास बन्दिन"