निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल ध्येय हुनुपर्छ र राज्यकोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ भन्ने अठोटका साथ सुरु भएको मेरो गण्डकी प्रदेशसभा यात्राको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ। मैले अघिल्लो कार्यकालको लागि उम्मेदवारी दिनुअगावै
मानव समुदायका लागि युगिन उपदेश दिने भगवान् गौतम बुद्धको आज त्रि–संयोग अर्थात् जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण भएको दिनको स्मरण गर्दै भगवान् बुद्धप्रति उच्च श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दछु।
मातृदेवो भवः
सृष्टिकर्ता, ममता कि खानी, सन्तानको खुशीमा आफ्ना पिडा, व्यथा बिर्सिएर भोक, प्यास, निद्रा केहि पर्वाह नगर्ने सम्पूर्ण आमाहरुमा मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना एवं कोटी-कोटी नमन 🙏
श्रमको उचित सम्मान, श्रमिक तथा मजदूर वर्गको पेशागत हकहित र अधिकारका लागि संगठित हुने, संघर्ष गर्ने र एकतावद्ध भएर अघि बढ्ने प्रेरणा मिलोस्, अन्तर्राष्ट्रिय मजदुर/श्रमिक दिवसको सबैमा शुभकामना ।
आज चैते दशैं, असुर शक्तिमाथि दैवीशक्तिको विजय भएको दिन, मर्यादा पुरूषोत्तम भगवान श्री रामचन्द्र चाैध वर्षे वनवास सकाएर अयोध्या फर्किएको र सीताको अस्मिता रक्षार्थ पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारवाट संसारलाई मुक्त गराएको दिन, चैते दशैंको सम्पूर्णमा शुभकामना ।
ईद मुबारक 🤲 🌙
इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद-उल-फित्र (ईद) को हार्दिक शुभकामना साथै यस पर्वले सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव, एकता र सहकार्यको भावनालाई थप मजबुत बनाउन मद्दत गरोस् ।
आफ्नो भेषभुषा, भाषा संस्कृतीको संरक्षण तथा रोग, शोक र नकारात्मकताको मुक्तीका निम्ती प्राथना गरि गुरुङ्ग समुदायले मनाउने साँस्कृतिक पर्व ट्होटें (उभौली) को अवसरमा सम्पूर्णमा शुभकामना/आशीमाला !
"हाम्रो साँस्कृतिक पहिचानले नै हाम्रो अस्तीत्व निर्धारण गर्छ, यसको जगेर्ना गरौं।"
उत्साह, सद्भाव तथा रंगहरुको पर्व फागु पूर्णिमा (होली) को अवसरमा सम्पूर्णमा सुस्वाथ्य, सुख, शान्ति एवं समृद्धिको कामना सँगै यहाँहरुको जिवन रंगीन बनोस्, हार्दिक शुभकामना ।
शेर्पा समुदाय तथा उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धमार्गी समुदायले भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरेको ग्याल्पो ल्होसार तथा नयाँ वर्ष २१५१ क्षु-फो-ताक्लोको सम्पूर्णमा शुभकामना ।
लैंगिक,सामाजिक र आर्थिक समानता शब्दमा मात्र सिमित नभएर व्यवहारमा पनि देखिनु पर्दछ,नारीको सम्मानले मात्र सुन्दर समाजको निर्माण हुन सक्छ।
महिलाहरु माथि बेलाबेला हुने बिभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाज उठाउन सक्ने शक्ति महिला दिदीबहिनीहरुमा प्राप्त होस्, नारी दिवसको शुभकामना।
ॐ नमः शिवाय 🙏
मोहरात्री, कालरात्री, सुखरात्री र शिवरात्री मध्येको अति पवित्र पर्वमा देवहरुका पनि देव; महादेव भगवान शिवको पुजा आराधना गरि श्रद्धाका साथ मनाईने महाशिवरात्रीको सम्पूर्णमा हार्दिक शुभकामना ।
भगवान शिवको सम्पूर्णमा कृपा रहोस् ।
झोर्ले 🙏
आज मगर दिवस!
मगर समुदाय नेपालको सबै भन्दा पुरानो आदिबासी समुदाय मध्येको एक हो । इतिहास, भाषा, संस्कृति संरक्षण र सम्वर्द्धन गर्दै सम्पूर्ण नेपालीहरुमा आपसी एकता, मित्रता, सद्भाव र सहिष्णुता कायम राख्न आजको दिन महत्वपूर्ण होस्, मगर दिवसको सम्पूर्णमा शुभकामना !
भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले स्तब्ध बनाएको छ । स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। कालजयी भजन तथा गीतहरुमा हामीमाझ सदा अमर हनुहुनेछ ।
जनताको अथक संघर्ष, त्याग र बलिदानबाट जहानिया निरकुंश राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिन, प्रजातन्त्र र स्वतन्त्रताका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रजातन्त्र दिवसको सम्पूर्णमा शुभकामना ।
राज्यबाट प्राप्त सेवा–सुविधा जनसेवामै खर्चने घोषणा गरेको थिए । जुन घोषणालाई मैले अघिल्लो र यो कार्यकालमा पनि अक्षरशः पालना गरेको छु ।
विभिन्न बैठकभत्तादेखि पारिश्रमिक र अन्य सुविधासमेत गरी प्राप्त रकम विकास निर्माण र सामाजिक कार्यमा खर्च गरि यो कार्यकालमा पनि निरन्तरता दिएको छु ।
निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल ध्येय हुनुपर्छ र राज्यकोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ भन्ने अठोटका साथ सुरु भएको मेरो गण्डकी प्रदेशसभा यात्राको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ। मैले अघिल्लो कार्यकालको लागि उम्मेदवारी दिनुअगावै