पेट्रोलिएम प्रोडक्ट खरिद मा मात्र देस को सबै भन्दा धेरै बिदेसी मुद्रा बाहिएको अवस्थामा स्वदेसमा उत्पादित बिधुत मा VAT लगाउने गरी आएको हिजो को बजेट मलाई कत्ती चित्त बुझेको छैन . यस्तो गलत कार्यलाई सच्चाएर मात्र पास गर्न बाध्य गराउन बिरोध गरौ
आज कर्मचारि तलब बडछ कि भन्ने आस मा ..हामि ब्यावसायि ब्यावसाय गर्नि वातावरण अलि सहज बन्छ कि भन्ने आसा मा ... चुरोट रक्सिका अम्मलि कति बडने हो भन्ने निरासा मा 📷 #budjetday
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद आरजु राणा देउवाका पुत्र जयवीर सिंह देउवाका नाममा पाँच वर्षमा ७३ रोपनी जग्गा खरिद भएको पाइएको छ ।
काठमाडौंको चपलीदेखि, बर्दियाको ढोढरी र कास्कीको ढिकुरपोखरी लगायतका ठाउँमा ती जग्गा खरिद भएको हो । चलनचल्तीको बजार भाउमा खरिद भएका यी जग्गाको अनुमानित मूल्य एक अर्ब भन्दा बढी हुन आउँछ ।
नेपालवाचलाई प्राप्त विवरणअनुसार वि.स २०७४ देखि २०७८ को अवधीमा छोरा जयवीरको नाममा ती जग्गा खरिद भएका छन् । तर यो अवधिमा जयवीरको आम्दानी खुल्ने कुनै सम्पत्तिको स्रोत भेटिदैनन् ।
जयवीर सिंह देउवाका पिता शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । यस्तै उनकी आमा आरजु राणा सांसद तथा कांग्रेस नेतृ हुन् ।
जयवीरले ४ वर्षमा अर्बाैकाे जग्गा खरिद गरिरहँदा त्यसको स्रोत के हो भन्नेबारे पूर्व प्रधानमन्त्रीका रूपमा देउवा र आरजु दुवैले खुलाएका छैनन् ।
देउवा दम्पती दुवैले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा छोराको नाममा खरिद भएको यी जग्गाको नाम निशाना भेटिन्न ।
सरकारलाई बुझाएको सम्पत्ति विवरणमा देउवा परिवारको नाममा नियमित देखिने आम्दानीको स्रोत छैन । दुवैजना राजनीतिमै पूर्ण रूपमा सक्रिया छन् । कुनै उद्योग, व्यापार नभएको एउटा नेताको परिवारले तीन बर्षमा करिब १ अर्ब बढीको सम्पत्ति जोडेको विषयमा प्रश्न उठेको छ ।
कहाँ–कहाँ कति जग्गा जोडियो ?
प्राप्त विवरणअनुसार २०७४ चैत १४ गते काठमाडौंको चपलीमा झण्डै दुई रोपनी जग्गा खरिद गरिएको छ । जयवीरको एकलौटी हक लाग्नेगरी व्यवसायिक तथा बसोबासको उक्त क्षेत्रमा कित्ता नं २२, ३८६, ३९९ र ४७९ रहेको जग्गा जयवीरको नाममा खरिद गरिएको हो । ती जग्गाको कुल क्षेत्रफल ९६६ वर्गमिटर रहेको छ । अहिलेको प्रचलित बजार मूल्यअनुसार त्यो जग्गालाई न्युनतम १२ करोड रुपैयाँ पर्छ ।
त्यसपछि २०७७ देखि २०७८ सम्म खरिद भएका अधिकांश जग्गा कास्कीको ढिकुरपोखरीको छ । त्यहाँ उनले २२ रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा खरिद गरेका छन् । एक वर्षको अवधीमा खरिद गरिएका यी सबै जग्गा दुई अधिकारी परिवारको नामबाट जयवीरको नाममा नामसारी भएका छन् ।
प्राप्त विवरणमा देखिएअनुसार २०७७ देखि ०७९ सम्म जयवीरको नाममा ढिकुरपोखरीको कित्ता नंबर १९१८, १९१९, १९२०, १९२१, १९१८, १९२०, १९२१, १९१९, २२, ३८६, ३९९, ४७९ का जग्गा नामसारी भएका छन् ।
स्थानीय देवका अधिकारीको नाममा रहेको ती जग्गाहरू जयवीरको नाममा सारिएको हो । यसरी जयवीरको नाममा करिब ९ महिनामा पोखराको २२ रोपनी जग्गा खरिद गरिएको छ ।
पोखरामामात्रै हैन, जयवीरको नाममा बर्दियामा पनि सोही समयावधीभित्र जग्गा खरिद भएको छ । जयवीरकै नाममा २०७५ सालमा सुदुरपश्चिम नेपालको बर्दियामा २५ हजार ८४ बर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरिएको छ । कित्ता नं २०८ र ३११ रहेका ती जग्गा एकै दिन किनिएको हो ।
कोरोना महामारीपछि नेपाल फर्किएका छोरा जयवीरका नाममा धमाधम जग्गा खरिद कसरी गरियो ? यसको स्रोत खुलाइएको छैन । बेलायतमा रहँदै आएका जयवीर नेपाल फर्किएको छोटो समयमै उनको नाममा यत्तिका सम्पत्ति जोडिएको हो । यद्यपि उनले बेलायत बसेर पनि यत्तिका घडेरी जोड्ने हैसियत बनाउनेगरी उल्लेख्य काम गर्न नसकेको निकटस्थहरूको भनाई छ ।
देउवाले यत्तिको छोटो समयमा त्यत्रो जग्गा कहाँबाट किने भन्नेबारे कुनै स्रोत देखाउन सकेका छैनन् । त्यसैले यो जग्गाको विवरण पनि देउवाले सम्पत्ति विवरणमा देखाएका छैनन् । सांसदको रुपमा आरजु राणाले पनि यो जग्गालाई सम्पत्ति विवरणमा देखाएकी छैनन् ।
देउवा प्रधानमन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणमा यो जग्गाको विवरण उल्लेख छैन । प्रधानमन्त्रीपछि संसदको रुपमा पेश गरेको सम्पत्ति विवरणमा पनि यी जग्गा उल्लेख छैन ।
कतै पनि स्रोत नखुलाइएका यी जग्गा गैरकानुनी र भ्रष्टाचारबाट प्राप्त भएको आशंका गरिएको छ । किनभने सम्पत्ति विवरण पेश गर्ने कानूनअनुसार आफ्नो, श्रीमती, बाबुआमा र छोरा छोरीको नाममा रहेको प्रत्येक सम्पत्ति र त्यो सम्पत्ति खरिद गर्दाको आयस्रोत स्पष्ट देखाउनुपर्छ ।
देउवा परिवारले बैधानिक रुपमा कुन आर्थिक स्रोतबाट ती सबै सम्पत्ति प्राप्त गर्यो भनेर खुलाउन सक्ने आधार केही छैन ।
विवादित विगत
नेपाल फर्किएको धेरै समय नभएपनि जयवीर विवादबाट अछुतो छैनन् ।
उनको लगानीमा सञ्चालन भइरहेको कम्पनी ब्लूप्रिन्ट ट्रेडिङ प्रा.लिले सेनिटरी प्याड आयात गर्न करको दर नै हेरफेर भएको विषय चर्चामा आइसकेको छ । यो कम्पनीमा उनीसँगै भरतपुरका हेमन्त बजगाईंको पनि पार्टनरसिप ।
सरकारले प्रतिशोध साँधेको भए, अदालतले त प्रतिशोध नसाँध्ला नि ! सरकारलाई आफ्नो काम गर्न दिउँ। अनुसन्धान मा सहयोग गर्नु नै सबैको भलो हुन्छ। एउटा सन्की, दम्भी र घमण्डी लाई पक्राउ गर्दा रोईलो गर्नुको कुनै औचित्य छैन।
@Jhakri_didi ति कलिला बाल्खा ले के बिगारेका थिए र डयाङ्ग ड्याङ गोलि हानेर २ घन्टा मै १९ जना लाइ ढ्लाइदिए ..त्यो भिडियो देखेका २/३ जना छोरा छोरि को बाउ आमा भैसकेका हरु ले पनि यो पक्राउ प्रतिसोध हो भने को देख्छु.. राजनितिक् आस्था ले यति सम्म अन्धो पनि हुन सकिन्छ र भन्या ?
ति कलिला बाल्खा ले के बिगारेका थिए र डयाङ्ग ड्याङ गोलि हानेर २ घन्टा मै १९ जना लाइ ढ्लाइदिए ..त्यो भिडियो देखेका २/३ जना छोरा छोरि को बाउ आमा भैसकेका हरु ले पनि यो पक्राउ प्रतिसोध हो भने को देख्छु.. राजनितिक् आस्था ले यति सम्म अन्धो पनि हुन सकिन्छ र भन्या ?
@bishnurijal1 सम्पति सुद्धिकरण र सङगठित अपराध को मुदा कहा लगाएका छन र ? कसरि प्रतिसोध पुर्ण हुन्छ कमरेड??? रबि लाइ १.५ बर्ष सम्म देस दौडाएको भुलियो?
आफू हुर्केको धर्म र संस्कृतिलाई आदर गर्दै सपथग्रहणको ढांचा परिवर्तन गर्न हिम्मत गरेकोमा बालेनलाई धन्यवाद ।
यसको विरोध गर्नेहरु मध्ये धेरैको चाहिँ राजनैतिक प्रतिशोध जस्तो लाग्यो है ! (आफ्नो परिवारका सदस्य र मान्यजनले समाजमा यस्तै गरेको विरोध गर्नुहुन्छ ?)