बग्दै आएको खोलालाई सोध्नु
कति फोहोर थिगारेर
सङ्ग्लिएको छ ऊ!
हिँड्दै आएको बटुवालाई सोध्नु
कति ठेस र कैँडाले
फत्रक्कै छन् गोडाहरु।
दुखेसा त छन्
तिम्रा पनि
मेरा पनि
देखाउन मिल्दैन र पो!
खैर,
सुन्छु भन्छौ
अभितापका शृङ्खलाहरु!
सुन्न सक्छौ त?
उसो भए लौ सुन
म भन्छु
मेरो रामकहानी।
😊
के मा अल्मलिएँ खै
सपनाबाट बिउँझिएझैँ
बिउँझिएँ
र होस पाएँ।
हतार पो थियो त!
हतारिएरै हिँडेथेँ
तर छुटिसकेछन्
केही स्टेसनहरु
केही गल्लीहरु
केही रात
केही दिन
बेला छइन्जेल त
बेला बितेको पत्तो पनि हुँदैन
अबेला भयो अब..
घिस्याउँदै छु
एक भारी सपना
र
यो मौनतामा अल्झिरहेको
एउटा जीवन।
😊
टाढाबाट हेर्दा त
सुन्दर देखिन्छ हिमाल पनि
राम्रै देखिन्छ आगो
आकाश
नदी..
स्वरुपको प्रकटीकरण
तब हुन्छ
जब,
छोइन्छ, छामिन्छ
देखिन्छ, बुझिन्छ
टाढाबाट हेर्दा त
सग्लै देखिन्छ मान्छे पनि
छोएका छौ, हृदयको संवेगलाई?
छामेका छौ, अन्तर्यको संवेदना?
अलिक नजिक गएर हेर
फरक
आफैँ बुझ्नेछौ!
😊
त्यति नै दिनु प्रेम कसैलाई
जति
तिम्रो मनले मशसुस गरोस्।
त्यति नै राख्नु आशा कसैप्रति
जति
तिम्रो आकांक्षाको भार धानोस्।
त्यति नै हुनु निकट कसैको
जति
बसाई सहज रहोस्।
मनलाई छुनु
र हेर्नु आकाशको विराटता
र यति बुझ्नु
त्यस्तो प्रश्न कहिल्यै नसोध्नु
जसको
तिमीसँग पनि जवाफ नहोस्..
😊
मौन छु
तर तटस्थ छैन म।
बरु
हेरिरहेको हुन्छु
किनारामा बसेर।
हेर्नु- साक्षी हुनु
र जान्नु
कसैले नजानेका रहस्यहरु।
म पनि बसेको छु
हजारौँ घात-प्रतिघातका
पुख्ता सबूतहरु बोकेर।
सोध्छौ?
बरु मैले देखेको छु तिमीलाई
तिमीभन्दा नजिकबाट
र सम्झेको छु
तिमीले पनि बिर्सिएको
रहस्यको इतिहास।
😊
मनको एकालापमा
हेर न !
म पनि भुत्भुताइरहेँथेँ त्यही बेला
र तिमी टुप्लुक्कै आइपुग्यौ…
पढ्यौ त होला नि हैन !
मेरा आँखाहरु
ओठहरु
मुहारको शुष्कता
मनको उदासी
अर्को पटक भेट्न आउँदा
पक्कै लिएर आउनेछु आफूलाई
प्रिय,
यो पटक त यस्तै भयो !
https://t.co/mP2hJxFQ8Q
हार्दिक बधाइ, मिस्टर प्राइम मिनिस्टर!
प्रधानमन्त्री बनेर बाँचुञ्जेल देशको सेवा गर्न जन्मिनुभएका हातका औंलामा गन्न सकिने नेताहरूमध्ये अर्का नेता फेरि प्रधानमन्त्री बन्नुभएको छ।
https://t.co/TSOdQhnsOG
पुनश्च, उस्तै छ सन्नाटा भित्रका चीत्कारहरु, उस्तै छ यो दिन अनी त्रासहरु, उस्तै छ मनमा रहेका अन्यौलताहरु, उस्तै छ म हिड्ने गल्लिहरु, उस्तै छ देशमा तानाशाहहरु, उस्तै छ निमुखाको जिवनस्तरहरु, थाहा छैन के फेरियो, न तिमी फेरियौ... वस साल फेरियो... पात्रो फेरियो...!
पुनश्च,
उस्तै छ सन्नाटा भित्रका चीत्कारहरु,
उस्तै छ यो दिन अनी त्रासहरु,
उस्तै छ मनमा रहेका अन्यौलताहरु,
उस्तै छ म हिड्ने गल्लिहरु,
उस्तै छ देशमा तानाशाहहरु,
उस्तै छ निमुखाको जिवनस्तरहरु,
थाहा छैन के फेरियो, न तिमी फेरियौ... वस साल फेरियो... पात्रो फेरियो...!
धैर्य राख्नु-
वर्षौँ अगाडी
दोबाटोमा छुटेर गएकाहरु पनि
कुनै दिन
अचानक भेटिनसक्छन् चौबाटोमा।
समय हो
सधैँभरी सबैकुरा
एकैनास कहाँ हुन्थ्यो र?
धैर्य राख्नु-
आज बत्तिएर
पर पुगेकाहरु पनि
कुनै दिन
बाटो अल्मलिएर
टुप्लुक्कै आइपुग्न सक्छन्
तिम्रै दैलोमा।
केवल धैर्य राख्नु...
☺️
वर्षौँ लाग्छ
एउटा बालक हुर्किन
र जवान हुन।
महिनौँ लाग्छ
एउटा दिउल अङ्कुराउन
र झाँगिन।
बिहान हुन पनि
जाग्नैपर्छ एउटा पुरा रात्रि।
जसरी
जून उदाउन
पर्खनुपर्छ घामको पूरा यात्रा।
समय त लाग्छ नै!
सत्य हो
समय लाग्छ
पर्खन सक्नुपर्छ...
सत्य हो
घामलाई पनि घण्टौँ लाग्छ
मध्याह्म हुन।
☺️
वर्षौँ लाग्छ
एउटा बालक हुर्किन
र जवान हुन।
महिनौँ लाग्छ
एउटा दिउल अङ्कुराउन
र झाँगिन।
बिहान हुन पनि
जाग्नैपर्छ एउटा पुरा रात्रि।
जसरी
जून उदाउन
पर्खनुपर्छ घामको पूरा यात्रा।
समय त लाग्छ नै!
सत्य हो
समय लाग्छ
पर्खन सक्नुपर्छ...
सत्य हो
घामलाई पनि घण्टौँ लाग्छ
मध्याह्म हुन।
☺️
सायद तिमी नभेटेको भए
मन यति बेचैन हुदैन थियो होला !
हलपल मानसपटलमा घुमिरहेने
तिमी र तिम्रा यादहरू
मेरो अस्थिर मनको
कारक हुदैन थियो होला ।
हरेक बिहान सुर्य उदाउछँ
बेलका अस्ताउछ
उसैगरी चन्द्रमा उदाउछ अस्ताउछ
दिन रात उसैगरी चलिरहेको छ
तर म अहँ,
मेरापनी दिनहरू पनि थिए
यसैगरी बिहान बेलुका
दिन रात मेरालागी पनि थियो
तर अचेल न सुर्य उदाउनुको
कुनै अर्थ छ
न सुर्य अस्ताउनुको
मेरालागी त सबै अन्धकार छ ।
रातभर सपनामा तिमीलाई
देख्न बानी परेका यी आखाहरू
अचेल तिमी छैनौ भन्ने
थाहा पाएपछि निदाउन मान्दैनन्
मस्तिष्कबाट कयौ पटक
तिम्रा यादहरू हटाउन खोजे
न मस्तिष्कबाट हट्यौ न मुटुबाट
सायद, मेरा शरिराका हरेक अङ्गहरू
तिम्रा भैसकेका छन्
तर उनिहरूलाई के थाहा
तिमी अब मेरो रहिनौ भन्ने !
तर कोशिश गरिरहेको छु ।।
अस्ती केशव भेट भएको थियो
भेटमा उसले मलाई भन्दा पहिले
तिमीलाई सम्झियो
बिहिनीको त तिमीलाई थाहा छदैछ
उसलाई मेरो भन्दा वढी चिन्ता
तिम्रो हुने गर्दछ
भन्छे भाउजु सङग कहिले भेटाउने ?
म मुस्कुराउने कोशिश गर्दै भन्छु
छिट्टै !!
तर उसलाई के थाहा
उसले भाउजु भनेकी तिमी
अचेल अर्कैकी भाउजु बन्ने
तयारीमा छौ ।
हिजो बसन्तपुरमा
कफि पिउन छिरेको थिए
सधै जस्तै वेटर्सले
मेरा लागी अमेरिकानो र
तिम्रा लागी क्याफे लाते
लिएर आयो र भन्यो
दिदी आउदै हुनुहुन्छ हो ?
म केहि बोलिन
मैले म बसेको कुर्सीमा बसेर
अमेरिकानो सके
र तिमी बस्ने कुर्सीका सरेर
क्पाफे लाते ।।
तिमीले हात समातेर
हरेक शनिबार लैजाने
श्री पशुपतिनाथको मन्दिर
गएको शनिबार पनि गए
तिमीले भनेझै एकचित्त भएर
सधैझै भगवानलाई दर्शन गरी
दाईना फर्केर तिमीलाई खोजेछु !
प्रिय तिमी नै भन
मैले जनतन
मलाई त समम्झाउला
तिमी मेरी रहिनौ,
मलाई भन्दा तिमीलाई
धेरै माया गर्ने उनिहरूलाई
चाहि कसरी सम्झाउ ?? 🤔
हिजो
म मात्र थिएँ
जताततै शून्यता थियो
त्यही बिचमा तिमी थपियौ
र
उनीहरू थपिए
उजाड जिन्दगीमा बहार आयो
आज उनीहरू सानै छन्
मन त्यतै छ
भोली
उनीहरूको तिघ्रा लागेपछि
आफुखुसी हिड्नेछन
मैले रोक्न सक्दिन
उनीहरू हिडेपछि तिमी बदलिनेछ्यौ
म फेरि
एक्लो हुन्छु ।❤️