#गजल
सबै भन्दा धन ठूलो भाछ संसारमा
पढाईको मूल्य घट्दै गाछ संसारमा
धन सम्पति जोडे पछि, प्रगति हुने रैछ
भौतिकवादले जरै देखि खाछ संसारमा
दुखी ,गरिब, वृद्धहरु बेसाहारा हुँदै गर्दा
मानवतनमा ठुलै धोद्रो लाछ संसारमा
#शुभ_साँझ#शुभ_रात
अरु तल है.........
प्रजातन्त्रको झण्डावाहक र देशकै ठुलो पार्टीको आधिकारिकता विवाद अदालतसम्म पुग्नु केवल पार्टीको होइन, समग्र मुलुककै विडम्बना हो।
विचार र विधिबाट चल्नुपर्ने संस्था शक्ति र अहंकारमा अल्झिँदा, लोकतन्त्र आफैं कमजोर हुन्छ।
#नेपालीकांग्रेस#लोकतन्त्र#राजनीतिकविडम्बना
रुपान्तरण भाषणले होइन, साहसले हुन्छ।
समयसँग दौडिन नसक्नेहरू परिवर्तनका संवाहक होइनन्, अवरोध हुन्। युवाको एजेन्डा दबाएर, गुट र कुर्सी जोगाउनेहरु ले उर्जा होइन, संकट मात्रै जन्माउँछन्। परिवर्तनको नीति र नेतृत्व चाहिएको हो, पुरानो नेतृत्वको पुनःप्याकेजिङ होईन ।
राजनीति बुझ्नै बाँकी भएका, संसदको जिम्मेवारी नबुझेका, फरक पेशामा सफल भए पनि राष्ट्रनीति र शासनप्रणालीबारे अनुभव नभएकाहरू संसदमा पठाइँदै छन् । यसले समावेशीलाई बलियो बनाउँदैन, बरु संस्थागत कमजोरी जन्माउँछ । संसद प्रयोगशालाको केन्द्र होइन, राष्ट्रको भविष्य तय गर्ने स्थान हो ।
समानुपातिक प्रतिनिधित्व समावेशीताका लागि बनाइएको व्यवस्था हो । यो व्यवस्थाले जात, क्षेत्र, लिंग र आवाज नपुगेका समुदायलाई राज्यको निर्णय तहमा ल्याउने प्रयास गर्दछ । तर आज राजनीतिक दलहरूले बुझाएको सूची हेर्दा पहुँच, चाकडी र व्यक्तिगत निकटताका आधारमा बाँडिएको जस्तो देखिन्छ ।
सूचना र प्रविधिमाआधारित शिक्षालाई माध्यमिक तहमा अनिवार्य बनाउने सरकारी प्रयास समयसापेक्ष कदम हो, तर यसको स्थायित्व र प्रभावकारिताका लागि भौतिक पूर्वाधार,दक्ष शिक्षक,पाठ्यक्रम परिमार्जन र प्राविधिक सहयोग अत्यावश्यक छ।नीतिगत आकांक्षालाई सफल कार्यान्वयनमा गर्न तयारीनै मुख्य कुरा हो।
"विविध संघ-संस्था तथा सरकारी कार्यालयहरूले पारिश्रमिक वा अन्य आयभित्र कट्टा गरिएको कर (TDS) सम्बन्धित व्यक्तिको स्थायी लेखा नम्बर (PAN) मा किन ई-TDS प्रणालीमार्फत समायोजन नगर्ने ?"
सेवाग्राही, कर्मचारी, तथा करदाताहरूलाई अनावश्यक अन्योल र असहजता सिर्जना गरेको छ।
मनमा दिक्क लाग्छ, शरीर थकित हुन्छ र कहिलेकाहीँ अल्छी पनि लाग्छ। मनले आराम खोज्छ, तर जिम्मेवारीले गन्तव्य अझै टाढा भएकोले दिक्क, थकाइ, आराम र अल्छी चिन्दिन भन्छ। सायद, यहि द्वन्दको समग्र रुप नै जीवन होला ।
तिन ठुला दलका तिन ठुला नेताहरुको भेटमा १८ औं दिनसम्म लाखौं शिक्षकले शिक्षा ऐन को लागि गरेको आन्दोलनको प्रसंग समेत निस्केनछ | हेरौं त, कति प्राथमिकतामा रहेछ शिक्षा !
३. प्रमुख प्रतिपक्ष दलको नेता पुष्पकमल दाहालले विशेष अधिवेशन बोलाएर भए पनि माग सम्बोधन सहित ऐन जारी गर्न सकिन्छ भन्नु भयो ।
उसो भए कुरा कहाँ अल्झिएको छ त ?
शिक्षक आन्दोलन : (कुरा कहाँ अल्झियो त ?)
१. ने. का. सभापतिले तुरुन्त माग सम्बोधन हुने गरि ऐन जारी गर्नु भनेर उप-प्रधानमन्त्री र गृहमन्त्रीलाई निर्देशन दिनुभयो।
२. प्रधानमन्त्री तथा एमाले अध्यक्षले सबै माग पूरा हुने गरि ऐन आउँछ, ढुक्क हुनुहोस् भन्नुभयो ।
जिन्दावाद, समाजबाद, राजाबाद, मुर्दाबादमा सहभागी
- आगो संगै जले- श्रमजिवि प्रत्रकार
- गोलि लागेर मरे - मजदुर नागरिक
- घर जल्यो - जनताको
- लुटियो - जनताको ।
ठालुहरु कोहि भागे, कोही ...