हर खुशीलाई हाँसोले छोप्ने अभ्यास छ,
अझै भित्र कतै रोइरहेको त्रास छ।
सपनाहरू आँखाभरि बटुलिएको भए पनि,
जिन्दगीमा केवल अधुरो इतिहास छ।
सबैलाई देखियो मेरो बाहिरी मुस्कान,
भित्र के छ भनेर सोध्ने कसैको कहाँ प्रयास छ?
हर रातसँग गुनासो गर्छु मौन भएर
आँसुको यो बगैँचामा मौनताकै सुवास छl
रातहरू लामो थिए, मौन र निर्दयी, सपनाहरूले आँखा त भरिए, तर हरेक पल उनीहरू चुँडिएर ओझेल पर्दै गइरहे। म उज्यालोको कामना गर्दै, अन्धकार भित्र उज्यालो खोज्ने दीवानगीमा बाँचिरहे।
हास्न त सक्थेँ, तर हाँसोमा पीर मिसिएको थियो, हरेक मुस्कानभित्र लुकेको थियो एउटा अधुरो सपना। दिनभर हँसाउने प्रयास गर्थेँ अरूलाई, र रातभर आँसु सँगै कुरा गर्थेँ म आफ्नो छायासँग।
जीवनका पाइलाहरू ठेगाना विहीन थिए, सपना थिए—तर सधैं 'भोली'मा थन्काइएका। म हिँडिरहेँ, साँचै हिँडिरहेँ, तर बाटोले मलाई कहिल्यै त्यो मोड देखाएन जहाँ बिसाउने आँसुहरू थन्काउन सकिन्थ्यो।
एउटा सुन्दर मन थियो त्यो मन हरायो
हेर्दाहेर्दै आफन्तको आफ्नोपन हरायो
ऑखा बन्द गरेर हो लागेको सबै उस्तै
माथि गगन हरायो तल आगन हरायो
कुनै सपनाहरु रंगिएनन जिन्दगीमा
श्रृंगारबिना जिबनबाट यौबन हरायो
आजकल मान्छे पनि मान्छे जस्तै छैन
भित्रै देखि दुर्जन आयो सज्जन हरायो
बिग्रेको राग जस्तो रहेछ जिन्दगी,
समयको स्वरमा मिल्न खोज्दै छु।
कर्कश ध्वनि जस्तो रहेछ जिन्दगी,
शान्तिको गीतमा बदल्न खोज्दै छु।
अगम्य पहाड जस्तो रहेछ जिन्दगी,
उचाइमा पुग्न संघर्ष गर्दै छु।
तर, आशा जस्तै रहेछ जिन्दगी,
जसले सधैं अघि बढ्न प्रेरित गरिरहेको छु।
एक झिल्को उज्यालो,अनन्तछ
जीवनको यो यात्रा,सुन्दर छ
यहाँ हरेक मोडमा नयाँ कथाछ
केही रहस्यहरू,अपरिचित छ्न
केही सम्बन्धहरू,अबूझ छन
यादहरू,अविस्मरणीय छन
कहिले खुशीका आँसुहरू त
कहिले दर्दले हाँसो चोर्छन
केही अधूरा सपनाहरू
अमर प्रतिज्ञाहरू
केही विगत कोट्याउदै
ओहिलिदै छ जवानिका रङ्गहरु
The bitter truth is that we men are not born with values,we have to create our own values in order to gain respect from society in a relationship and even inside our family.